आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सरुवारोग अस्पतालको उदाहरणीय काम

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • Hospital building, medical icon. Healthcare, hospital and medical diagnostics. Urgency and emergency services. Vector illustration in flat style

    काठमाडौं, भदौ १५ । अस्पतालहरुमा कोरोना संक्रमित र अरु बिरामीलाई सँगै राखेर उपचार गराउँदा पछिल्लो समय धेरै स्वास्थ्यकर्मी, चिकित्सक र नर्समा संक्रमण देखिएको छ । जसले अस्पतालको स्वास्थ्य सेवा सञ्चालनमा नै असर पुगेको छ ।

    तर, गत चैत ४ गते दोस्रो संक्रमित भेटिएसँगै संक्रियरुपमा काम गरिरहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भने हालसम्म एकजना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छैन । न त अस्पतालमा कुनै संक्रमितको मृत्यु नै भएको छ ।

    कोरोना संक्रमणको दर बढ्दै गएसँगै ‘फ्रन्टलाइन’मा काम गर्ने स्वास्थ्यकर्मी बढी प्रभावित बन्न थालेका छन् ।

    तर, हालसम्म ३०० संक्रमितको उपचार गरिसकेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा कार्यरत् कुनैपनि स्वास्थ्यकर्मी र कर्मचारीमा भने संक्रमण देखिएको छैन ।

    पाँच महिनादेखि संक्रमितकोमात्र उपचार गराउँदै आएको अस्पतालले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर उदाहरणीय काम गर्न सफल भएको छ ।

    देशभरका ८० भन्दा बढी स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मीमा भने संक्रमण देखिएको छ ।

    सरुवारोगकोमात्र उपचार गर्ने भएका कारण यस अस्पतालका चिकित्सक अझ बढी सचेत र जानकार देखिन्छन् ।

    साथै, सुरक्षाका उपाय अपनाउनेबारे समय समयमा जानकारीसमेत गराउने गरेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारी बताउनुहुन्छ ।

    अस्पतालले हाल कोरोनाका बिरामीकोमात्र उपचार गर्ने गरेको छ ।

    हाल ५० जना संक्रमितको उपचार गराइरहेको अस्पतालमा कोरोना परीक्षण गराउन दैनिकरुपमा आउने १५ देखि २० प्रतिशत व्यक्तिमा संक्रमण देखिएको डा. भण्डारी बताउनुहुन्छ ।

    अस्पतालमा दिनहुँ करिब ३०० व्यक्ति परीक्षण गराउन आउने गरेका छन् ।

    संक्रमितको संख्या बढिरहेको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी पनि बढी जोखिममा छन् ।

    सुरक्षाका उपाय अपनाउन विचार नपुर्‍याउने र हेलचेक्र्याइँ बढ्दै जाने हो भने संक्रमितको संख्या थप बढ्ने र यसको असर सम्पूर्ण स्वास्थ्य सेवामा समेत पर्नेछ । संक्रमितको संख्या बढ्दै गएको अहिलेको अवस्थामा यो थप चिन्ताको विषय पनि हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij