आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘मेडिकल सिटी’मा कोरोनाको बढ्दो संक्रमण

  • प्रकाशित मिति : सोमवार, भदौ १५, २०७७



  • १५ भदौ, चितवन । साउन २४ गतेसम्म चितवनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ जना थियो ।

    तर भदौ १५ मा आइपुग्दा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ, संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । संक्रमण समुदायमा पुगेको संकेतका रुपमा गम्भीर प्रकृतिका बिरामी अस्पताल आउन थालेका छन् र ६ जनाको मृत्यु भइसकेको छ ।

    संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले ३२ साउनको मध्यरातदेखि जारी गरेको निषेधाज्ञा १९ भदौसम्म लम्ब्याइएको छ तर दैनिक भेटिने संक्रमितको संख्या बढ्दो छ । अहिले देखिएको संक्रमण साउन ६ गतेबाट लकडाउन खुल्दाको परिणाम भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी बताउँछन् ।

    बढी संक्रमित भरतपुरमा

    चितवनमा हालसम्म ७०३ जनामा संक्रमण पुष्टि भएको छ । शनिबार भदौ १३ गते सबैभन्दा बढी १०२ जनामा संक्रमण पुष्टि भएको थियो । कुल संक्रमितमध्ये १६० जना कोरोनामुक्त भइसकेका छन् ।

    सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिकामा छन् । यहाँ अहिलेसम्म ४२० जना संक्रमित भएका छन् । ठूलो क्षेत्र, अस्पताल, उद्योग तथा व्यवसाय बढी भएकोले महानगरपालिका कोरोना संक्रमणको केन्द्र बनेको छ ।

    रत्ननगर नगरपालिका ९६ जना, राप्ती नगरपालिकाका ८२, खैरहनीमा ४३, कालिका नगरपालिका ९ र इच्छाकामना गाउँपालिकामा तीन जना संक्रमित भएका छन् । राप्तीमा संक्रमितमध्ये अधिकांश सशस्त्र प्रहरी छन् भने जिल्लाभरीमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित बनेका छन् ।

    ४० बिरामी आईसीयूमा, भेन्टिलेरमा १० जना

    भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा कोरोना संक्रमितको उपचार भइरहेको छ ।

    चितवन मेडिकल कलेजले कोरोनाका सम्भावित संक्रमित राख्न २९, संक्रमण पुष्टि भइसकेकाहरुलाई राख्न ६२ आइसोलेसन बेड र ५९ आईसीयू बेड छुट्याएको छ । हाल ९१ जना कोरोना संक्रमित अस्पतालमा छन्, जसमध्ये ३० जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा छन् । दुई जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

    भरतपुर अस्पतालमा ७६ जना कोरोना संक्रमित छन् । उनीहरुमध्ये १० जना आईसीयूमा छन् । दुई जना भेन्टिलेटरमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए । अस्पतालमा भेन्टिलेटरको अभाव भएपछि क्यान्सर अस्पतालले तीन थान भेन्टिलेटर भरतपुर अस्पताललाई सहयोग गरेको छ ।

    पुरानो मेडिकल कलेज भरतपुरमा २८ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जनसम्पर्क प्रमुख दुर्गा न्यौपानेका अनुसार कसैलाई पनि आईसीयू र भेन्टिलेटरमा राख्नुपरेको छैन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ८ जना संक्रमित छन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार कुल संक्रमित २६ मध्ये ४ जना निको भएका छन् । १४ जना होम आइसोलेसनमा छन् । भरतपुरकै नारायणी सामुदायिक अस्पतालमा ५ जना संक्रमितले उपचार भइरहेको छ भने सेन्ट्रलमा ५ जना, मौलाकालिका अस्पतालमा ३ जना र पुष्पाञ्जलीमा एक जना संक्रमित उपचाररत छन् ।

    उनीहरु सबै चितवनका भने होइनन् । आसपासका जिल्लाबाट समेत उपचारका लागि अस्पताल आउँदा संक्रमण पुष्टि भएकाहरु चितवनमा नै उपचाररत छन् । यसरी उपचारका लागि आएकामध्ये ७ जनाको मृत्यु भएको छ । मकवानपुरका तीन जना तथा नवलपरासी, बारा, कैलाली र गोरखाका एकएक जना संक्रमितको चितवनका अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ ।

    संक्रमितको मृत्यु विवरण

    क्र.स. 

     

    मृत्यु 

     

    ठेगाना 

     

    उमेर लिङ्ग मृत्यु भएको अस्पताल
    २७ जेठ भरतपुर-११, चितवन ६८ बर्ष पुरूष भरतपुर अस्पताल
    १३ असार गोदावरी-७, कैलाली ५० बर्ष पुरूष भरतपुर अस्पताल
    २ भदौ खैरहनी-३, चितवन १०९ बर्ष महिला घरमा मृत्युपछि कोरोना पुष्टि
    ४ भदौ रत्ननगर-१३, चितवन  ६५ महिला भरतपुर अस्पताल
    ४ भदौ हेटौडा-४, मकवानपुर ५६ बर्ष पुरूष पुरानो मेडिकल कलेजमा   (मृत्युपछि कोरोना पुष्टि)
    ६ भदौ हेटौडा-३, मकवानपुर ६५ बर्ष महिला पुरानो मेडिकल कलेज
    १२ भदौ हेटौडा-१९, मकवानपुर ७१ बर्ष महिला चितवन मेडिकल कलेज
    १२ भदौ भरतपुर-२, चितवन ५१ बर्ष पुरूष पुष्पाञ्जली अस्पताल
    १२, भदौ गोरखा-१३, गोरखा ३८ बर्ष पुरूष भरतपुर अस्पताल
    १० १३, भदौ निजगढ-७, बारा ४७ बर्ष महिला चितवन मेडिकल कलेज
    ११ १३ भदौ विनयत्रिवेणी-६, नवलपरासी ६२ बर्ष पुरूष चितवन मेडिकल कलेज
    १२ १४ भदौ भरतपुर-११, चितवन ५२ बर्ष पुरूष चितवन मेडिकल कलेज
    १३ १५ भदौ भरतपुर-६, चितवन ७८ बर्ष पुरूष भरतपुर अस्पताल

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij