आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक भन्छन् –‘कोरोना भ्याक्सिन ४२ दिनमा आउँछ’

  • प्रकाशित मिति : मङ्लबार, भदौ १६, २०७७



  • काठमाडौं। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भ्याक्सिन ४२ दिनमा आउने विकासकर्ता वैज्ञानिकहरुले बताएका छन् । विश्वले प्रभावकारी र सुरक्षित हुने विश्वास गरेको यो भ्याक्सिनको ट्रायल अहिले अन्तिम चरणमा छ । बेलायती अखबार डेली एक्सप्रेसका अनुसार ट्रायल सफल भएको अवस्थामा कोरोनाभाइरसको भ्याक्सिन अबको ६ हप्ता अर्थात ४२ दिनभित्रमा तयार हुनेछ ।

    बेलायत सरकार सूत्रले सण्डे एक्सप्रेसलाई बताए अनुसार अक्सफोर्ड विश्वविद्यालय र लण्डनको इम्पेरियल कलेजका वैज्ञानिकहरु भ्याक्सिनलाई पूर्णता दिने चरणको नजिकै पुगिसकेका छन् । बेलायतमा भ्याक्सिनको उत्पादन र यसलाई बजारमा पठाउने काम लगायतका बारेमा पनि पहिलेदेखि नै तयारी चलिरहेको छ । वैज्ञानिकहरुले भ्याक्सिन आम मानिसहरुलाई दिन योग्य भएको घोषणा गर्नासाथ आम मानिसहरुले निकै कम समयमा भ्याक्सिन पाउनेछन् ।

    यद्यपि बेलायत सरकारका मन्त्रीहरुले भने अहिलेसम्म पनि खुलेर यस विषयमा पूर्ण जानकारी दिन चाहिरहेका छैनन् । उनीहरुले कुनै प्रतिकूल परिस्थिति आउन सक्ने सम्भावनालाई हेर्दै त्यसको लागि तयारी गरिरहेका छन् । सण्डे एक्सप्रेसको रिपोर्टअनुसार सूत्रले सबैभन्दा राम्रो स्थिति अर्थात ‘बेस्ट केस सिनारियो’मा ६ हप्तामा भ्याक्सिनको सबै जाँच पूरा हुने बताएको छ । यदि यस्तो भएमा यो भ्याक्सिन गेम चेन्जर हुन सक्ने विज्ञहरुले बताएका छन् ।

    भ्याक्सिन कार्यक्रमसँग जोडिएका एक अधिकारीले नाम उल्लेख नगर्ने गरी सण्डे एक्सप्रेससँग भने ‘यसमा अझै केही समय लाग्यो भने पनि हामी यति भन्न सक्छौं कि अक्सफोर्ड विश्वविद्यालय र इम्पेरियल कलेजका वैज्ञानिकहरु सफलताको नजिकै पुगेका छन् । यो सफलतापछि लाखौं डोज तयार गर्नुपर्ने आवश्यकता हुनेछ । यसको लागि उत्पादन सुविधा हामीले तयार गरिसकेका छौं ।

    बेलायतको भ्याक्सिन टास्क फोर्सकी प्रमुख केट बिंघमले आफूहरु यो भ्याक्सिनका विषयमा सावधान र आशावादी रहेको बताएकी छिन् । उनले भनिन् ‘सबैभन्दा जरुरी यो हो कि हामी काम गर्दै जाउँ र हतारमा खुसियाली मनाउने कोसिस नगरौं ।’ उनले क्रिसमस भन्दा पहिल्यै भ्याक्सिनको ट्रायलको नतिजा आउने विश्वास व्यक्त गरेकी छिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij