आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालगञ्जमा सुरु भयो रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

  • प्रकाशित मिति : बुधबार, भदौ १७, २०७७



  • काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा पहिलो पल्ट कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिर औषधि र प्लाज्मा थेरापी मार्फत उपचार शुरु गरिएको छ ।

    भदौ १५ गते कैलालीको धनगढी उपउपमहानगरपालिका-३ का ४८ वर्षीय संक्रमित पुरुषमा श्वासप्रश्वासमा समस्या भएपछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आईसियूमा भर्ना गरिएको थियो ।

    उनको स्वास्थ्यमा समस्या आएपछि इन्जेक्टेबल औषधी रेम्डिसिभिर र प्लाज्मा थेरापी दुबै एकै साथ प्रयोग गरिएको हो । प्लाज्मा थेरापी र रेम्डिसिभिर औषधि प्रयोगपछि बिरामीको स्वास्थमा सुधार आएको उपचामा संग्लन नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका वरिष्ठ फिजिसिएन डा. श्याम बिकेले जानकारी दिए ।

    रेम्डिसिभिर औषधि भेन्टिलेटरमा भएका बिरामीलाई दश दिनसम्म प्रयोग गर्न सकिने र भेन्टिलेटर भन्दा बाहिरका बिरामीलाई पाँच दिनसम्म प्रयोग गर्न सकिने नेपाल स्वास्थ अनुसन्धान परिषदका बोर्ड सदस्य समेत रहेका चिकित्सक बिके बताए ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा डा. सुमित पाण्डेको संयोजकत्वमा डा. असिम किद्वाईसहितको टिमले पश्चिम नेपालमा रेम्डिसिभिर र प्लाज्मा थेरापीको उपचार पद्धतिसहितको अनुसन्धान शुरु गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij