आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बहराइनका राजकुमार काठमाडौंमा, दुई हिमाल आरोहण गर्ने

  • प्रकाशित मिति : बुधबार, भदौ ३१, २०७७



  • काठमाडौं, भदौं ३१ । हिमाल आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमार काठमाडौं उत्रिएका छन् ।

    बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफाको टिममा १८ जनाको टोली रहेको छ ।

    नेपालमा लोबुचे र मनास्लु हिमालको आरोहण गर्न नेपाल आएको राजकुमारसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

    शेख इशा एयरवेजको विशेष विमानबाट काठमाडौं आएका उनीहरुलाई बहराइनमा नेपाली दूतावासले बिदाई गरेको थियो ।

    बहराइनको रोयल गार्डमा कार्यरत १५ जना बहराइनी र ३ जना बेलायती टोलीमा रहेको जनाइएको छ । टोली नेपालमा दुई महिना बस्ने दूतावासले जनाएको छ ।

    युवराजको टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने कार्यक्रम छ । दूतावासका अनुसार पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमान चालक दलका सदस्य १५ दिनदेखि सेल्फ क्वारेन्टिनमा रहेका छन् ।
    बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले करिब दुई महिना नेपाल बस्ने टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणपछि सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने अभिलाषा लिएको जानकारी दिनुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij