आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सैनामैना नगरपािलकामा ‘गर्भवती तथा सुत्केरी’ महिलाको निःशुल्क कोराना बीमा

  • प्रकाशित मिति : बिहिबार, अशोज १, २०७७



  • बुटवल । रुपन्देहीको सैनामैना नगरपािलकाले नगरभित्र रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोरोना बीमा गरिदिने भएको छ । नगरले ‘उपप्रमुख सँग महिला कार्यक्रम’ अन्तर्गत बीमा गरिदिने भएको हो ।

    कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरमा रहेका गर्भवती र सुत्केरी महिलाहरुको १ लाखको निःशुल्क कोराना बीमा गर्न थालिएकोे नगर उपप्रमुख बीना रानाले बताइन् ।

    बीमाले महिलामा रोगसँग लड्ने मानसिकताको थप विकास हुने र यदि कोरोना लागिहाने पनि केही आर्थिक सहयोग हुने अपेक्षा गरिएको  छ ।

    नगरपालिका स्वास्थ्य शाखा प्रमुख हेमराज पन्थीका अनुसार गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

    नगरमा रहेका सबै गर्भवती तथा सुत्केरी महिलाहरुलाई आफ्नो नजिकै रहेका स्वास्थ्य स्वयंमसेवीकालाई सम्पर्क गर्न नगर स्वास्थ्य शाखाको अनुरोध छ ।

    बीमाका लागि नागरिकता आवश्यक  पर्दछ । नागरिकता नभएको खण्डमा वडाको  सिफारिस आवश्यक पर्ने नगरपालिकाले जनाएको छ । बीमाको अवधि १ वर्ष हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij