प्रकाशित मिति : शुक्रबार, अशोज २, २०७७
काठमाडौं। नेपालमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्ने भएको छ। भारतको चेन्नईमा बनेको रेल शुक्रबार नेपाल आइपुगन लागेको हो। कुर्था–जनकपुर–जयनगर रुटमा चल्ने रेल आइपुग्न लागेको हो।
रेल विभागका अनुसार रेल बिहीबार राती भारतको जयनगर आइपुग्ने छ।
२०१९ को मेमा रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो। सो रेल नेपाल आउन लागेको हो। रेलमा पाँच वटा डिब्बा हुने छन् भने अधिकतम १३ सय यात्रुले यात्रा गर्न सक्नेछन् ।
नेपालमा यसअघि पनि रेल चल्ने गरी पनि डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधिको पहिलो पटक नेपाल आउन लागेको हो। यसअघिको रेल कोइलाबाट चल्ने गथ्र्यो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij