आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जहाज चढ्ने इलामेलीको सपना अधुरै: दश बर्षमा २८ करोड खर्च भयो, बिमानस्थल निर्माण सकिएन

  • प्रकाशित मिति : सोमवार, अशोज ५, २०७७



  • इलाम । दशैंमा हवाईजहाज चढेर इलाम जाने काठमाडौमा बस्ने इलामेलीहरुको सपना यो दशैमा पनि पुरा नहुने भएको छ ।

    दश बर्ष अगाडि निर्माण थालिएको इलामस्थित फाल्गुनन्द सुकिलुम्बा बिमानस्थल निर्माण सम्पन्न नहुँदा यो बर्ष पनि हवाईजहाज चढ्ने इलामेलीहरुको सपना अधुरै हुने भएको हो ।

    हवाई जहाज चढेर सररर….इलाम पुग्ने सपना इलामेलीहरुको थियो । दुई बर्ष अगाडि नै बिमानस्थलमा परीक्षण उडान भरे पनि अहिलेसम्म नियमित हवाई उडान हुन सकेको छैन् भने कहिलेदेखि हवाई उडान हुने हो अझै टुंगो छैन् ।

    २०७५ जेठमा नै तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै यसरी सफल अवतरण हुँदा इलामेलीहरुमा खुशीको सिमै थिएन् ।

    पहिलो पटक इलाममा जहाज पुग्दा अब चाँडै उडेर राजधानी पुग्न पाइने उनीहरुको बिश्वास थियो तर, खै ? ।

    हुन पनि हो, राष्ट्रिय राजनीतिमा इलामको प्रतिनिधित्व मात्र नभई देशलाई नै नतृत्व गर्ने जिम्मा पाएका नेताहरुको गृह जिल्ला इलामबाट चाँडै जहाज उड्ने बिश्वास स्थानीयमा थियो ।

    तर, सिलान्यास भएको यतिका बर्ष बितिसक्दा पनि सदरमुकाममा निमार्णधिन फाल्गुनन्द सुकिलुम्बा बिमान स्थलको निर्माण कार्यले अझै पूर्णता पाउन नसक्नु लज्जास्पथ हो ।

    दश बर्ष अगाडि तामझामकासाथ तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्याश गरेको योे बिमानस्थलको निर्माणको काम अहिलेसम्म पूरा नहुँदा हवाईयातायात संचालनमा आउन नसकेको हो ।

    लामो समयसम्म चर्चा सेलाएको यस विमानस्थलको प्राविधिक परीक्षण उडान गरिएपछि भने अहिले स्तरोन्नती गरि धावनमार्गमा कालोपत्रे गर्ने काम बल्लतल्ल शुरु हुने देखिन्छ ।

    पटक–पटक गरी हालसम्म करिव २८ करोड रुपैयाँ खर्च भएको बिमानस्थलमा थप पुर्वाधार निर्माण शुरु भएको हो ।

    बिमानस्थलको साढे नौ करोड रुपैयामा ठेक्का सम्झौता भएको थियो । बन्दाबन्दीका कारण यसको निर्माणको काम प्रभावित भएपनि अहिले पुनः यसको निर्माणमा गति दिईएको छ ।

    इलाम नगरपालिकास्थित गोलाखर्कमा निर्माण भईरहेको यस बिमानस्थलको धावन मार्ग कालोपत्रे, ट्याक्सी वे, आसपाल कंक्रिट, मेशीनरी, ग्यावियन कटिङ्ग, फिलिङको काम धमाधम भइरहेको छ ।

    पक्की ६ सय ७० मीटर लम्बाई र २० मिटर चौडाइ भएको रन–वे निर्माण अन्तिम चरणमा पुगेको छ । तर, बिमानस्थलमा टावर, टर्मीनल लगायतका संरचनामा थप बजेटको आवश्यकता खट्कीएको छ ।

    बिमानस्थल निर्माणले गति नपाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अनुगमन गर्दासमेत निमार्मणले गति पाउन सकेको छैन् ।

    बिमानस्थल निर्माण भएसंगै इलामको पर्यटन विकासलाई समेत प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ ।

    सुकिलुम्काको एउटा वस्ती नै उठाएर ३ सय २८ रोपनी जग्गा अधिग्रहण गरेर बिमानस्थल निर्माण थालिएको थियो ।

    तर, हवाईजहाज चढ्ने सपना संगालेका स्थानीयले यतिका बर्षसम्म पर्खदासमेत कहिलेसम्ममा हवाईजहाज चढेर इलाम–काठमाडौ गर्न पाईने हो भन्ने पत्यारीलो जवाफ पाउन सकेका छैनन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij