आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गुर्जोको कोरोना विरुद्ध अचूक औषधि, यसरी खानुस्

  • प्रकाशित मिति : सोमवार, अशोज ५, २०७७



  • दमौली । कोभिड–१९ को सङ्क्रमण बढेसँगै तनहुँ जिल्लामा गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढेको छ ।

    रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि गुर्जो सेवनप्रति आकर्षण बढेको हो । कोरोनाको जोखिम बढेपछि गुर्जोको रस नियमित सेवन गर्न थालेको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका एकनारायण भण्डारीले बताउनुभयो ।

    कोरोना जोखिम नदेखिदाँसम्म गुर्जेको वास्ता नभएपनि आजकल परिवारले नै नियमित सेवन गर्ने गरेको उहाँले जानकारी दिनुभयोे ।

    “रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने सुनेपछि परिवारले नै गुर्जो सेवन गर्न थालेको छौ,” उहाँले भन्नुभयो ।

    गाउँमा घरको वरपर र जङ्गलमा प्रशस्तै पाईने गुर्जो आजकाल शहरका बगैंचा र करेसामा समेत लगाउन थालिएको छ ।

    नियमित सेवन गर्न थालेसँगै छिमेकीको खाली जग्गामा पनि गुर्जो लगाएको भण्डारीले जानकारी दिनुभयो ।

    कोरोना सङ्क्रमणमुक्त हुनुभएका देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले होम आइसोलेशनमा बस्दा नियमित रुपमा गुर्जोको रस पिएको जानकारी दिनुभयो ।

    “सङ्क्रमण पुष्टि भएर होम आइसोलेशन बस्दा नियमित रुपमा गुर्जोको रस, बेसार पानी, कागती पानीको सेवन र शारीरीक व्यायम गरेँ,” उहाँले भन्नुभयो, “अहिले निको भएपछि पनि गुर्जो नियमित सेवन गर्ने गरेको छु ।”

    कोरोनाको सङ्क्रमणपछि गुर्जोप्रति आकर्षण बढेको जिल्ला आयर्वुेद स्वास्थ्य केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख डा. रामप्रवोध मण्डलले गुर्जोमा एन्टिबायोटिक र एन्टिब्याक्टेरियल गुण प्रशस्त पाइने जानकारी दिनुभयो ।

    “कोरोनालाई मार्ने एन्टिभाइरल मेडिसिन अहिलेसम्म बनेको छैन, यसलाई जित्ने भनेको इम्युनिटी पावर बढाएरै हो ।

    ३५ सय बढी अनुसन्धानबाट गुर्जोले इम्युनिटी पावर बढाउने पुष्टि भएको छ,” उहाँले भन्नुभयो, “गुर्जोको सेवनले कोरोना भाइरस मात्रै होइन, अरु भाइरसबाट पनि बचाउँछ ।”

    उहाँका अनुसार ताजा गुर्जोलाई एक औला बराबर काटेर त्यसको पाँच मिलिटिर रस निकालेर बिहान बेलुका पिउनु उत्तम हुन्छ ।

    रस बढी तितो भएर पिउन नसकेमा त्यसलाई टुक्राटुक्रा पारेर रातभर पानीमा भिजाउने र भोलिपल्ट पानीमा उमालेर सेवन गर्दा पनि हुने उहाँले सुझाव छ ।

    उहाँका अनुसार गुर्जोको सेवनले नकरात्मक असर गर्दैन । गुर्जो कोरोना सङ्क्रमितले मात्रै नभएर अन्य रोगका बिरामीले पनि सेवन गर्न सक्ने उहाँले जानकारी दिनुभयो ।

    “कोरोना निको पार्ने औषधि बनेको छैन, कोरोना निको पार्ने भ्याक्सिन बनाउन विकसित मुलकको प्रतिष्पर्धा चलिरहेपनि अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि भइहालेमा रोग प्रतिरोधात्मक क्षमता बढाएर परास्त गर्नुको विकल्प छैन,” उहाँले भन्नुभयो, “त्यसैले रोगसँग लड्ने क्षमता बढाउने वनस्पती गुर्जोको सेवनकर्ता बढ्न थालेका छन् ।”

    जिल्लामा कोरोना सङ्क्रमण भएर आइसोलेशनमा बसेका, जोखिमयुक्त स्थानबाट आएर क्वारेन्टिनमा रहेकाले मात्रै नभएर रोग प्रतिरोधात्मक क्षमता बढाइ सङ्क्रमण हुन नदिनलाई गुर्जोको रस र धुलो सेवन गर्ने गरिएको छ ।

    उहाँका अनुसार गुर्जो शताब्दीदेखि नै औषधिका रुपमा प्रयोग भएतापनि पछिल्लो समयमा त्यति प्रयोग हुन्थेन ।

    औषधीय गुणले भरिपूर्ण वनस्पति गुर्जोको लहरा कोरोना सङ्क्रमण देखिन थालेपछि चर्चामा आएको हो । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij