आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

उपत्यकाका सार्वजनिक यातायातः भाडादर सरकारी,यात्रु सिटभरि

  • प्रकाशित मिति : मङ्लबार, अशोज ६, २०७७



  • काठमाडौँ। सरकारले एक सिटमा एक यात्रु मात्रै राख्न मिल्ने गरि सार्वजनिक यातायात सञ्चालनको मापदण्ड तोकेपनि उपत्यकाका सार्वजनिक यातायातमा भने सिट भरी यात्रु राखेर खुलेआम यात्रा गर्दै आएका छन् । सिटभरि मात्र नभई कतिपय यातायातमा भने उभ्याएर समेत यात्रु राख्ने गरेको पाईएको छ ।

    कोरोना महामारी बढेको भन्दै लामो समयदेखि बन्द रहेका सार्वजनिक यातायात सञ्चालनमा आएपनि संक्रमण फैलिने खतरा बढ्दै गएको छ । न ढोकामा स्यानिटाईजर न चालक र सहचालकको हातमा पञ्जा नै देखिन्छन् । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको छ ।

    काठमाडौं उपत्यकामा हरेक दिन ७ सय बढी कोरोना थपिन थालेका छन् । कोरोना संक्रमण तिब्र फैलिनमा सार्वजनि यातायात पनि एक महत्वपूर्ण माध्यम हुनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले बारम्बार मापदण्ड पालना गर्न जोड दिँदै आएको छ । सिटभरि यात्रु राखेर पनि भाडा भने सरकारले तोकेको जति नै लिने गरेको गुनासो बढ्न थालेको खबर आजको नेपाल समाचारपत्रले उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij