आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मेरा मागप्रति दृढ छु, पूरा नभएसम्म अनशन छाड्दिनँः डा. गोविन्द केसी

  • प्रकाशित मिति : बिहिबार, अशोज ८, २०७७



  • काठमाडौं, असोज ८ । चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि अनवरत संघर्षरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्ना माग पूरा नहुँदासम्म अनशन नतोड्ने प्रष्ट गर्नुभएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. केसीले सरकारले आफूसँग पटक पटक गरेको सम्झौता उलल्लंघन गरेकाले यस पटक त्यसै नछोड्ने बताउनुभयो ।

    डा. केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको उहाँको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    यसैबीच, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी बिहीबार टिचिङ अस्पताल पुगी डा. केसीको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै उहाँका मागप्रति ऐक्यवद्धता जनाउनु भएको छ ।

    उहाँले डा. केसीमाथि जुम्ला र काठमाडौं आउँदा प्रहरीले गरेको ज्यादतीप्रति आपत्ति पनि जनाउनुभयो ।

    डा. केसीले उठाएका मागप्रति आफू र आफ्नो पार्टी नेपाली कांग्रेसको पूर्ण समर्थन रहेको भन्दै सम्बोधन गर्न सरकारसँग माग पनि गर्नुभयो ।

    स्वास्थ्य शिक्षा सुधारका अनवरत संघर्षरत डा. केसीले जुम्लामा आफ्नो १९ औं अनशन थाल्नु भएको थियो । तर स्वास्थ्य अवस्था कमजोर भएपछि उहाँलाई काठमाडौं ल्याइएको थियो ।

    जुम्लामा काठमाडौं आई उपचारका लागि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले त्यहाँ जान नदिई जबरजस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

    त्यहाँ प्रहरीले डा. केसीमाथि दुर्व्यवहार गरेकामा सर्वत्र आलोचना भएपछि सरकारले उहाँलाई शिक्षण अस्पताल जान दिएको थियो ।

    डा. केसीले शिक्षण अस्पतालमा नलग्दासम्म कुनै उपचार नलिने अडान राखेपछि उहाँलाई मंगलबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजञ्ज जान दिइएको थियो । उहाँ त्यही अनशनरत हुनुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij