सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे ‘आत्महत्या’

  • प्रकाशित मिति : शुक्रबार, अशोज ९, २०७७



  • तेह्रथुम । आठराई गाउँपालिका–४, इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर ‘आत्महत्या’ गर्नुभएको छ ।

    बिहान १०ः०० बजे खाना खाएर बैठक बस्न भनी घरबाट निस्किनुभएका इङ्नाम अपराह्न २ः०० बजेसम्म बैठकमा उपस्थित नभएपछि उहाँलाई खोज्न स्थानीयबासी निस्किएका थिए ।

    खोज्नेक्रममा उहाँकै घरनजिकैको महाभिर भन्ने ठाउँमा शव झुन्डिएको अवस्थामा फेलापरेको वडा नम्बर-४ का वडाध्यक्ष श्यामकुमार भट्टराईले बताउनुभयो ।

    घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि बिहीबार साँझ ७ः३० बजे जिल्ला अस्पताल पाँचथर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तेजबहादुर दाहालले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij