आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२४ घण्टामा २ लाख ३० हजार संक्रमित थपिए, मृतकको संख्या दश लाख नजिक

  • प्रकाशित मिति : आइतवार, अशोज ११, २०७७



  • काठमाडौं। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड २९ लाख भन्दा धेरै पुगेको छ। उपचारपछि निको हुनेको संख्या २ करोड ४३ लाख १३ हजार ४०२ पुगेको छ।

    हालसम्म ९ लाख ९६ २५६ जनाको मृत्यु भइसकेको छ। विश्वभर पछिल्लो २४ घण्टामा दुई लाख ३० हजार ४९७ जना संक्रमित फेला परेका छन् भने तीन हजार ६ सय ५७ जनाको मृत्यु भएको छ।

    कोरोना भाइरसका संक्रमित विश्वको कुल जनसंख्याको ० दशमवलव ४ प्रतिशत (३ करोड २४ लाख) भन्दा धेरै भएका छन्। यसको अर्थ के हो भने प्रत्येक २५० औं व्यक्ति पहिलादेखि नै कोरोना भाइरसबाट संक्रमित छन्। बल्र्डो मिटरका अनुसार संयुक्त राष्ट्रसंघका पछिल्लो अनुमान अनुसार विश्वको कुल जनसंख्या (सेप्टेम्बर २०२० सम्म) ७८० करोड छ।

    पछिल्लो समय सक्रिय संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ। यो हप्तामात्रै करिव ५ लाख सक्रिय संक्रमित बढेका छन्। न्युज एजेन्सी टासले शनिबार दिएको जानकारी अनुसार पछिल्लो एक हप्तामा करिव ३७ हजारको मृत्यु भएको छ।

    विश्वको सबैभन्दा धेरै संक्रमित भएको मुलुक अमेरिकामा ७२ लाख ७७ हजार ४२६ जना संक्रमित छन्। अमेरिकामा २ लाख ८ हजार ९६८ जनाको मृत्यु भएको छ भने ४५ लाख ५ हजार ७५२ जना निको भएका छन्।

    दोस्रो नम्बरमा रहेको भारतमा संक्रमितको संख्या ५९ लाख ९० हजार ५१३ पुगेको छ। भारतमा हालसम्म ९४ हजार ५३३ जनाको मृत्यु भएको छ भने ४९ लाख ३८ हजार ६४१ जना निको भएका छन्।

    तेस्रो नम्बरमा रहेको ब्राजीलमा ४६ लाख ९४ हजार ६४८ जना संक्रमित छन् भने ब्राजीलमा १ लाख ४० हजार ७०९ जनाको मृत्यु भएको छ। ब्राजीलमा ४० लाख ४० हजार ९४९ जना निको भएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij