आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोराना सङ्क्रमणः प्रदेश १ मा तीनको मृत्यु, सुदूरपश्चिममा छ हजार निको, कर्णालीमा तीन हजार ५००

  • प्रकाशित मिति : बुधबार, अशोज १४, २०७७



  • काठमाडौँ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना सङ्क्रमति थपिएका छन् । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक÷एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६७ जना पुगेको छ ।
    आज थपिएका सङ्क्रमति मध्ये ३९ जना महिला र ८३ जना पुरुष रहेका छन् । मोरङमा ८६ जना मध्ये विराटनगरमा ६१, सुनसरीमा १९, झापामा आठ, तेह्रथुममा दुई, भोजपुर, उदयपुर र इलाममा एकएक र तथा प्रदेश बाहिरका चार जना थपिएका छन् ।
    प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ६४१ पुगेको , हालसम्म तीन हजार ४१ जना डिस्चार्ज भएको र एक लाख २२ हजार ७७४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । यहाँका ६ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। “ अरु प्रदेशको तुलनामा हाम्रोमा मृत्युदर कम देखिएको छ ।” उनले भने“ कोरोनाबाट निको हुने दर पनि यहाँ राम्रो छ ।”

    सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा ६ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुई÷दुई जनाको र डडेल्धुरा र बैतडीमा एक÷एक जनाको मृत्यु भएको निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिए ।

    “बिरामीको प्रभावकारी व्यवस्थापनका कारण पनि यहाँ मृत्युदर कम भएको हो ।” उनले भने“प्रयोगशाला बढाएर सङक्रमण परीक्षणको दायरा पनि दिनानुदिन बढुदै छ ।” उहाँले स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताए । प्रयोगशाला सञ्चालनमा आएको छ ।” उनले भने,“अछाम र कञ्चनपुरमा पनि पिसीआर मेसिन जडानको तयारीमा छ ।”

    त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ ।यहाँको कञ्चनपुरस्थित महाकाली अस्पतालमा दुई जना सङक्रमितको आइसियुमा उपचार भइरहेको छ । एक जनाको कैलालीमा भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालय जनाएको छ । यहाँ एक हजार १ कोरानाका सक्रिय बिरामी रहेका छन् ।

    सुदूरपश्चिम प्रदेशमा असोज महिना शुरु भए
    “ अहिले हामीसित ६ वटा स्थानमासँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्न थालेको छ । यो महिनामा हालसम्म कैलालीमा दुई र अछाम,डडेलधुरामा एक÷एक जना गरी चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
    यस बाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । ती मृतकको मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन । उनले भने, ‘‘पछिल्ला दिनमा कोरोनाको लोकल ट्रान्समिसन दर बढेको छ ।” प्रदेशमा हालसम्म कैलाली जिल्लाका आठ जना,अछाम, बझाङ र बाजुराका दुई÷दुई र डडेलधुरा र बैतडीका एक÷एक जना समेत गरी १६जना सङ्क्रमितको मृत्यु भएको छ ।

    पछिल्लो २४घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ३२जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा आज सम्म कूल सङ्क्रमित सात हजार १५०जना पुगेको छ । ।
    यसै बीच कैलालीको गौरीगंगा नगरपालिकाका कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिकाले आजदेखि २० गते सम्मका लागि अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाद्वारा जारी सूचनामा कोरोनाको जोखिम बढेकोले अत्यावश्यक वाहेकका सेवा बन्द गर्नु परेको उल्लेख गरिएको छ । नगरवासीलाई कोरोना फैलिन नदिन सरकारले जारी गरेको स्वाथ्यका मापदण्ड अपनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।

    कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५०० नजिक पुगेको छ । कर्णाली प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर परीक्षणमा आज ५२ जना नयाँ सङ्क्रमित थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ४९४ पुगेको छ । सङ्क्रमितहरुमा सुर्खेतका ३४, कालीकोट चार, दैलेख र हुम्लाका तीन÷तीन, जुम्लाका दुई, जाजरकोट र डोल्पाका एक÷एक र अन्य प्रदेशका चार जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका बरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

    सामाजिक विकास मन्त्रालयले आज सार्वजनिक गरेको प्रस विज्ञप्ति अनुसार कोरोना सङ्क्रमण पुष्टि हुनेहरुमा कन्ट्याक्ट ट्रेसिङमा परेका १५ जना, सुरक्षाकर्मी छ, कर्मचारी चार, स्वास्थ्यकर्मी, पत्रकार, बिरामी, विद्यार्थी, सुनचाँदी व्यवसायी, कर्णाली प्रदेश अस्पतालका आगन्तुक दुई÷दुई जना र बैंकर, व्यवसायी, कन्सल्टटेन्ट, सवारी चालक, इन्जिनियर, फर्निचर व्यवसायी, गृहणी, एमविविएस अध्ययनरत विद्यार्थी, एनजिओकर्मी, उद्योगी, टेलर, शिक्षक र वल्र्डलिंकका कर्मचारी एक÷एक जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा ६३ जना सङ्क्रमितहरु कोरोना जितेर डिस्चार्ज भएको बरिष्ठ जनस्वास्थ्य प्रशासक शाहीले जानकारी दिए । आज ६३ जना डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या दुई हजार ९०५ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij