आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चाडपर्वलाई लक्षित गरी आजदेखि सहुलियत पसल सञ्चालन

  • प्रकाशित मिति : बिहिबार, अशोज १५, २०७७



  • काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गरेर आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर सहुलियत पसल सञ्चालन भएका छन् ।

    चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालनमा आएको हो ।

    सहुलियत पसलमा नुन, चिनी, चामल, दाल, गेडागुडीलगायतका दैनिक उपभोग्य वस्तु खरिदमा छुट दिइने छ ।

    खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ्ग कर्पाेशनले र दुग्ध विकास संस्थानले सुपथ पसलमा आफ्ना उत्पादन बिक्री गर्ने छन् ।

    चिनीमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएर ७० रुपैयाँ कायम गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ ।

    यस्तै नुन प्रतिकेजीमा २ रुपैयाँ छुट दिएर १८ रुपैयाँ कायम गरिएको छ । सुपथ पसलबाट प्रतिपरिवारले चिनी र नुन चार केजी खरिद गर्न पाउने छन् ।

    यस्तै घिउमा प्रतिकेजीमा ५० रुपैयाँ छुट दिएर आठ सय ७० कायम गरिएको छ ।

    चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि प्रत्येक वर्ष झै यो वर्ष पनि सहुलियत पसल सञ्चालन गर्न लागिएको मन्त्रालयलकी सहायक प्रवक्ता उर्मिला केसीले जानकारी दिनुभयो ।

    यस्तै चामल, दाल, केराउ, तिते फापरमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिइएको छ ।

    सिमी प्रतिकेजी १० रुपैयाँ र खसीबोका-च्याङग्रामा १० रुपैयाँ छुट दिएको मन्त्रालयले जानकारी दिएको छ ।

    उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिहदरबार, सतुंगगल, थापाथली, नख्खु, प्रयागपोखरी, जावलाखेल र भक्तपुरमा सहुलियत पसल सञ्चालन गरिने छ ।

    साथै घुम्ति सेवा र अनलाइनमार्फत सामान वितरण गरिने मन्त्रालयले जानकारी दिएको छ । उपत्यका बाहिर ४९ ठाउँमा सहुलियत पसल सञ्चालन गरिने छ ।

    खाद्य कम्पनी र कर्पाेरेशनले उपत्यका बाहिर रहेका आफना बिक्री कक्षबाट सहुलियतदरमा खाद्यान्न वितरण गर्ने छन् ।

    सहुलियत पसल आगामी मंसिर ६ गतेसम्म सञ्चालन हुने छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij