आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अनलाइन प्रणालीमार्फत महानगरपालिकाले असुल्यो रु पाँच करोड ५० लाख राजश्व

  • प्रकाशित मिति : बुधबार, अशोज २१, २०७७



  • काठमाडौं । अनलाइन प्रणालीबाट राजश्व निर्धारण तथा सङ्कलन कार्य शुरु गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ महानगरपालिकाले रु पाँच करोड ५० लाख असुल गरेको छ ।

    कामपाले यस प्रणालीको शुरुआत यही असोज १ गतेदेखि गरेको हो । शुरुआती चरणमा १० वटा वडाबाट काम भएको थियो ।

    यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको अनलाइन राजश्व निर्धारण तथा सङ्कलन प्रभावकारी बन्दै गहेको कामपाको भनाइ छ ।

    कामपा राजश्व विभागका निर्देशक शिवराज अधिकारी राजश्व सङ्कलनमा पारदर्शी नभएको कामपालाई आरोप थियो । यो प्रणालीको कार्यान्वयनले त्यो आरोपको जवाफ दिएको बताउनुहन्छ ।

    यस कार्यको शुरुआतसँगै कामपालाई कर्मचारीको व्यास्थापन र पारदर्शी बनाउन सहयोग पुगेको भन्दै निर्देशक अधिकारी सेवाग्राहीलाई पनि सहज भएको बताउनुहुन्छ ।

    यो प्रणाली साङ्ग्रिला इन्फरमेटिक्सले विकास गरेको हो । यही असोज १ गतेदेखि वडा नं १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ बाट, असोज ५ गतेदेखि वडा नं ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ बाट प्रणाली कार्यान्वयनमा ल्याइयो ।

    यसैगरी असोज १३ गतेदेखि वडा नं ९, १३, १७, १८, १९, २० २१, २२, २३, २४, २५ र २७ मा प्रणाली सञ्चालनमा ल्याइयो । अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर सेवाग्राहीले प्रयोग गर्न सक्छन् ।

    यसमा करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्याङ्कन करदाता आफैँले घरमै बसेर गर्न सक्ने सुविधा छ । करदातासँग सम्बन्धित र सोधिएकारमाग गरिएका विवरण भरेपछि प्रणाली आफैँले करको प्रारम्भिक मूल्याङ्कन गरेर तिर्नुपर्ने राजश्वको अङ्क देखाउँछ ।

    यसबाट महानगरलाई कति रकम तिर्नुपर्ने हो ? करदातालाई थाहा हुन्छ । करदाताका लागि यो जानकारी रकम र समय व्यवस्थापनका कोणबाट महत्वपूर्ण उपलब्धि हो ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij