आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोनामा नयाँ रेकर्डः एकैदिन थपिए ३४३९ जना, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

  • प्रकाशित मिति : बिहिबार, अशोज २२, २०७७



  • काठमाडौं । बुधबार देशभर ३ हजार ४३९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ३ हजार ४३९ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।

    हालसम्म ६८ हजार ६६८ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १ हजार १२६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।

    यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना नयाँ संक्रमित थपिएका छन्।

    स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ। गत २४ घण्टामा १४ हजार २०९ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार १६४ जना क्वारेन्टिनमा रहेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij