प्रकाशित मिति : शुक्रबार, अशोज ३०, २०७७
काठमाडौं । शुक्रबार देशभर ४ हजार ३९२ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका ४ हजार ३९२ संक्रमित थपिएको जानकारी दिए। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख २६ हजार १३७ पुगेको छ।
हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा ३ हजार ५२२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ।
यस्तै आज काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार आज काठमाडौंमा एक हजार ७८४ , ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जना नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा २१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ। गत २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ४ हजार ८०८ जना क्वारेन्टिनमा रहेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij