आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२५ पटक चक्कु हानेपछि महिलाले प्रहरीलाई फोन गरेर भनिन् – ‘बलात्कारीलाई मारिदिएँ’

  • प्रकाशित मिति : शनिबार, कार्तिक १, २०७७



  • काठमाडौं। पटक पटकको बलात्कार र ब्ल्याकमेलिङबाट आजित भएकी एक महिलाले बलात्कारी युवकलाई चक्कु हानेर मारिदिइन् त्यसपछि प्रहरीलाई फोन गरेर भनिन् ‘बलात्कारीलाई मारिदिएँ ।’ हिन्दूस्तान टाइम्समा प्रकाशित समाचारअनुसार घटना भारतको मध्य प्रदेशको गुना जिल्लाको हो । ती महिला यी बलात्कारीबाट यतिसम्म आजित भएकी थिइन् कि उनले ती युवालाई लगातार २५ पटक चक्कु प्रहार गरेकी थिइन् ।

    महिलाका अनुसार यी व्यक्तिले २००५ देखि उनलाई बलात्कार गरिरहेका थिए । त्यतिबेला उनी नाबालिग नै थिइन् । प्रहरीको जाँचमा भएको खुलासा अनुसार ती व्यक्तिको नाम बृजभूषण शर्मा हो । उनी अशोकनगरका बासिन्दा हुन् । महिला पनि अशोकनगरकै हुन् । महिलाका अनुसार उनी १६ वर्षकी हुँदा बृजभूषण शर्माले उनलाई बलात्कार गरेका थिए । त्यसपछि कैयौं पटक उनले डर धम्की देखाएर उनलाई बलात्कार गरिरहे ।

    पछि महिलाको एक शिक्षकसँग बिहे गरिन् ताकि बृजभूषणबाट पिछा छुटाउन सकियोस् । बिहेपछि महिलाले एउटी छोरी पनि जन्माइन तर बृजभूषणले उनको पिछा छोडेनन् । घटनाको रात महिला घरमा एक्लै थिइन् त्यही बेला बृजभूषण घरमा आए । उनी नशामा थिए र उनले त्यस दिन पनि महिलालाई जबरजस्ती गरे । अन्ततः उनको धैर्यको बाँध टुट्यो र उनले चक्कु हानेर बृजभूषणको हत्या गरिदिइन् । बृजभूषण नशामा थिए त्यसैले धेरै विरोध गर्न पनि सकेनन् । महिलाले उनको शरीरमा २५ पटक चक्कु प्रहार गरेको पाइएको छ ।

    हत्यापछि महिलाले स्वयं प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीलाई फोन गरेर उनले आफूले बृजभूषणलाई मारिदिएको स्वीकार गरेकी थिइन् । महिलाको फोनपछि प्रहरी घटनास्थल पुग्दा त्यहाँ बृजभूषणको शरीर नग्न अवस्थामा थियो । उनको शरीरभरी घाउ थियो र रगत बगिरहेको थियो । प्रहरीले नजिकै हत्याको लागि प्रयोग गरिएको धारिलो चक्कु पनि बरामद गरेको छ । प्रहरीले महिलालाई हिरासतमा लिएर थप कानुनी कारवाही अगाडि बढाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij