प्रकाशित मिति : शनिबार, कार्तिक १, २०७७
पर्सा, कात्तिक १ । पर्साको वीरगन्जबाट साढे २२ किलो सुन बरामद भएको छ ।
प्रहरीले शनिबार वीरगञ्ज महानगरपालिका–६, रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो ।
भारतीय नागरिक आशोक सिन्हाको कोठामा छापा मार्दा प्रहरीले २२ किलो ५०० ग्राम सुन बरामद गरेको हो ।
सुन नीलो प्लास्टिकमा पोको पारेर राखिएको थियो । अवैध सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । प्रहरीले अवैध सुनको अनुसन्धान गरिरहेको जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij