आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौंको एक बालगृहमा ११ बालबालिकाको उद्धार

  • प्रकाशित मिति : बुधबार, कार्तिक ५, २०७७



  • काठमाडौं । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।

    काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार गरिएको हो ।

    लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका हिमाली नवीन समाजले ती बालबालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

    उद्धार गरिएकामध्ये सात बालबालिकालाई जिल्ला बाहिर नेपालगञ्ज, काठमाडौँमा रहेका आफन्तलाई बुझाइएको छ भने बाँकी हुम्लाका चार जनालाई परिवारसँग पुनःमिलन गराइएको छ । गाउँका नातेदारले १२ कक्षासम्म निःशुल्क पढाइ दिने भन्दै रु ४० हजारसमेत लिएको खुलासा भएको छ ।

    कमजोर आर्थिक अवस्थाका कारणले गर्दा कपी, कलमसमेत किन्न नसक्ने अवस्थामा भएपछि आफन्तले कुनै बालगृहमा लगिदिन्छु भनेपछि मेरो छोरालाई विश्वास मानेर पठाएको हुम्लाका अदानचुली गाउँपालिका–५ का कुल टमटाले बताउनुभयो ।

    जोखिम अवस्थामा बालगृहमा रहेका ती बालबालिकालाई बूढानीलकण्ठ नगरपालिका वडा नं ११ ले उद्धार गरी हिमाली नवीन समाज संस्थालाई जिम्मा लगाएपछि उनीहरुलाई घरपरिवारसँग पुनःमिलन गराएको समाजका पारिवारिक पुनःमिलन अधिकृत मङ्गल लामाले बताउनुभयो ।

    हुम्लाबाट बालबालिका ओसारपसार हुन नदिनका लागि सरकारी निकाय, नागरिक समाज, स्थानीय तह र अभिभावकले पनि यसमा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि गिरीले आग्रह गर्नुभयो ।

    जिल्ला प्रशासन कार्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रजिअ गिरी, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष शाही, सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीलगायत अभिभावकको उपस्थितिमा बालबालिकालाई आफन्तको जिम्मा लगाइएको छ ।रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij