प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०७७
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् ।
शुक्रबार हुम्ला पुगेका मुख्यमन्त्री शाही शनिबार सदरमुकामबाट सिमकोट गाउँपालिका-३ को तोर्पा, बरगाउँ हुँदै लिमाटाङ्ग हिँडेका थिए । सदरमुकामबाट गाडीमा गएका शाहीलाई त्यहाँका स्थानीय लामा समुदायले घोडामा चढ्न आग्रह गरेका थिए ।
तर हुडी र लिमाटाङ्गको बीचमा पर्ने खोलामा घोडाबाट लडे । उनको टाउको र हातमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाट सुर्खेत ल्याएर प्रदेश अस्पतालमा उपचार गरिएको थियो ।
सामान्य उपचारपछि शाही निवास फर्किएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुब्र बुढाथोकीले जानकारी दिए । टाउकोको सिटी स्यान र हातको एक्सरे गर्दा सामान्य अवस्था पाइएकाले डिस्चार्ज गरिएको चिकित्सकले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij