आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०७७



  • काठमाडौं । नेपालमा कोरोनाबाट थप पांच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीका दुई र रुपन्देहीका एक जना छन् ।

    कैलालीमा टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

    २० गते कोरोना पुष्टि भएका टीकापुरका पुरुष होम आइसोलेसनमा बसिरहेका थिए । होम आइसोलेसनमै उनको मृत्यु भएको टीकापुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो ।

    यस्तै धनगढीका ८४ वर्षीय पुरुषमा भने कडा प्रकारको निमोनिया देखिएको थियो ।

    शुक्रबारदेखि अस्थायी कोरोना अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिनुभयो ।

    यस्तै झापामा थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–४ का ९२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

    मृतक पुरुषमा एक साता अघि कोरोना देखिएको थियो । यस्तै बिर्तामोडकै बिएण्डसी अस्पतालमा तेह्रथुमका ५८ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

    उता, बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको छ ।

    कात्तिक २२ गते कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij