शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अमेरिकी दूतावासमा बनाइएन यसपाली रंगोली

  • प्रकाशित मिति : शनिबार, कार्तिक २९, २०७७



  • काठमाडौं। काठमाडौंस्थित अमेरिकी राजदूतावासमा लक्ष्मीपूजाका दिन रंगोली बनाउने र दीप प्रज्वलन गर्ने प्रचलन धेरै पुरानो नभए पनि गत वर्ष अमेरिकी राजदूत र्‍याण्डी बेरीले दूतावासमा रंगोली बनाएका थिए। तर, यो वर्ष भने दूतावासमा यस्तो रंगोली बनाइएन। झिलिमिली पनि पारिएन।

    कोरोना महामारीका कारण रंगोली बनाउन नसकिएको दूतावासले जनाएको छ। दूतावासले गत वर्ष राजदूत बेरीले रंगोली बनाउँदै गरेको तस्वीरसहित एक ट्वीट गर्दै यो वर्ष रंगोली बनाउन नसकेको बताएको छ।

    ट्वीट गर्दै दूतावासले लेखेको छ, ‘यो बर्ष महामारीका कारण हामीले अमेरिकी मिशन र राजदूत बेरीको निवासमा रङ्गोलीरमण्डला बनाउन नसकेपनि गएको बर्षको तिहार र दिपावालीका सम्झनाहरू ताजै छन्। झिलिमिली र रङ्गको यो अवसर मनाइरहनुभएका सबैजनालाई हामी दिपावलीको शुभकामना व्यक्त गर्न चाहन्छौं, सुरक्षित तवरले रमाइलो गर्नुहोला।’

    राजदूत बेरी हिन्दु र नेपालीहरुको चाड पर्वका क्रममा नेपाली संस्कृतिसँगै चाड पर्व मनाइरहेका हुन्छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij