कांग्रेसका युवा नेता भुपेन्द्रजंग,शाही दमनबहादुर शाही ,जगतजङ बिष्ट लगायतका नेताहरुले आज साबिक भर्ता गाबिसमा साढे २ सयलाई कांग्रेस प्रवेश गराएका हुन्।

केही समययता संगठन विस्तारका लागि कालिकोटका गाउँ गाउँ पुगिरहेका नेताहरुले नवप्रवेशीलाई स्वागत गर्दै अरू पार्टीले गफ गर्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने बताए ।

देशको समृद्धि र कालिकोटको विकासका लागि पनि कांग्रेसको जित अपरिहार्य रहेको उनको भनाई थियो ।