आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डीआईजीको दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमै अड्कियो

  • प्रकाशित मिति : सोमवार, मंसिर १, २०७७



  • काठमाडौं । नेपाल प्रहरीमा पाँच वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको छ ।

    गृह मन्त्रालयले संगठनात्मक स्वरुप निर्धारण (ओएनएम) अनुसार डीआईजीको दरबन्दी थप्ने प्रस्ताव निर्णयका लागि दुई महिना अघि मन्त्रिपरिषदमा पेश गरेको थियो । तर हालसम्म यसबारे कुनै निर्णय नभएको हो ।

    डीआईजीको दरबन्दी थप भएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया थाल्ने प्रहरी प्रधान कार्यालय, नक्सालको यामेजना थियो । तर त्यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मै अड्किएपछि हाल खाली रहेको तीन वटा दरबन्दीमा मात्रै बढुवा गर्ने तयारी गरेको छ ।

    गृह मन्त्रालयका एक अधिकारीका अनुसार तिहारलगत्तै बढुवा प्रक्रिया अघि बढाइनेछ ।

    प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतले भने मुख्य सचिव शंकरदास बैरागीले प्रस्ताव अध्ययन गर्न चाहेको र उनलाई कोरोना संक्रमण भएका आइसोलेसनमा बस्नुपर्दा निर्णयमा ढिलाइ भएको हुनसक्ने आशंका गरे ।

    गृह स्रोतले भने हाल ओएनएम सम्बन्धी प्रस्ताव उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको प्रशासनिक समितिमा रहेको जनाएको छ । ‘हालसम्म प्रस्ताव अध्ययनकै क्रममा रहेको भनिए पनि यससम्बन्धी निर्णयमा बालुवाटार नै सकरात्मक देखिएको छैन’, गृह स्रोतले भन्यो ।

    डीआईजी हरिबहादुर पाल, प्रद्युम्न कार्की र निरज शाही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएपछि तीन वटा डीआईजीका पद खाली थिए । थपिने दरबन्दीका लागि हालका आईजीपी शैलेश थापा क्षेत्रीकै ब्याचका गणेश ऐरसहित पुरुषोत्तम कँडेल, दिवेश लोहनी, देवबहादुर बोहरा, दिलिप चौधरी, राजेशलाल कर्ण, सौरभ राणा र रामकृपाल शाह प्रतिष्पर्धामा छन् ।

    त्यस्तै, उमेश रञ्जित, सुशीलकुमार यादव, मुकुन्द आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रम चन्द, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहन आचार्य, राजेन्द्र चौधरी, नरबहादुर खत्री र मोहमद आलम खाँ पनि बढुवाको आकांक्षी हुन् ।

    प्रहरीमा हाल प्रशासनतर्फ १४ र प्राविधिक ८ गरी २२ जना डीआईजी छन् । यसअघि प्रशासनमा २६ जना डीआईजी रहेकामा ठाकुरप्रसाद ज्ञवाली आईजीपी भएका बेला गृह मन्त्रालयले १४ वटा दरबन्दी कटौती गरेको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij