आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रोजगार गुमाएर स्वदेश फर्किएकाहरुको तथ्यांक सरकारले संकलन गर्नै सकेन

  • प्रकाशित मिति : बिहिबार, मंसिर ४, २०७७



  • काठमाडौं । सरकारले कोरोना महामारी सुरु भएपछि स्वदेश फर्किएकाहरुको तथ्यांक अझै संकलन गर्न सकेको छैन ।

    महामारीका कारण बेरोजगार भएकाहरुलाई स्वदेशमै रोजगारी दिने घोषणा गरेको सरकारले अझै पनि उनीहरूको यकिन तथ्यांक संकलन गर्न सकेको छैन ।

    गत वर्ष चीनको वुहानमा कोरोना देखिएपछि नेपालीहरू फर्किने क्रम सुरू भए पनि सरकारसँग कोरोना कारण कति नेपाली फर्किए भन्ने यकिन तथ्यांक छैन ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार विदेशबाट फर्किएकाहरूको तथ्यांक यकिन नहुँदा बेरोजगार भएकाहरूलाई रोजगारी दिन सकिएको छैन ।

    श्रममन्त्री रामेश्वर राय यादवले महामारीका बेला विदेशबाट फर्किएकाको तथ्यांक संकलनको काम थालिएको जानकारी दिनुभयो ।

    सरकारले महामारीमा अलपत्र परेकाहरूको विमान चार्टर गरेरै उद्धारसमेत गरेको थियो । तर यकिन तथ्यांक सो बेला नराखेको मन्त्री यादवको भनाइ छ ।

    सरकारले रोजगारी दिन नसकेकाले महामारीकै बीच विदेसिने क्रम बढेपछि सरकारको आलोचना हुन थालेको छ ।

    अर्थ मन्त्रालयको प्रस्तावमा गत कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकले रोजगारी सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार तथ्यांक संकलनका लागि स्थानीय तहलाई पत्राचार गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

    सरकारको निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र तथ्यांक संकलन गरी पठाउन स्थानीय तहहरूलाई निर्देशन दिइसकेको छ ।

    भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसबाट बच्न भारतबाट ठूलो संख्यामा नेपालीहरू आएका थिए ।

    तर, पछिल्लो समय रोजीरोटी धान्नै कठिन भएपछि दसैं, तिहारको मतलब नै नगरी रोजगारीको खोजीमा उनीहरू भारत फर्किरहेका छन् ।

    सरकारले चालू आर्थिक वर्षको बजेटमा वैदेशिक राजगारीबाट फर्किएकाहरुलाई स्वदेशमै रोजगारीका लागि विभिन्न कार्यक्रम सञ्चालनका लागि ४७ अर्ब रुपैयाँ बजेट छुट्ट्याएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij