आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सगरमाथा बाँकी थियो तर जोगिइरहन सकेन

  • प्रकाशित मिति : आइतवार, मंसिर ७, २०७७



  • काठमाडौं। विश्वको सर्वोच्च हिमाल सगरमाथाको शिखर नजिकै माइक्रोप्लास्टिक प्रदूषण भेटिएको छ । यसअघि सन् २०१८ मा पृथ्वीको सबैभन्दा गहिरो स्थान मारियाना ट्रेन्चमा पनि प्लाष्टिकको फोहर भेटिएको थियो । सगरमाथामा समेत प्रदूषण भेटिएसँगै मानिसले अब पृथ्वीमा प्रदूषित गर्न कुनै पनि ठाउँ बाँकी रहेन । सगरमाथाको शिखरको १ सय मिटरको दायरामा प्लाष्टिक फाइबरहरु भेटिएका हुन् । सगरमाथाको यो स्थानलाई बाल्कोनी भनेर चिनिन्छ ।

    द गार्डियनको रिपोर्टअनुसार सगरमाथाको ५ हजार ३ सय मिटरको उचाइदेखि ८ हजार ४ सय ४० मिटरको उचाइसम्म ११ स्थानबाट हिउँको नमूना लिइएकोमा सबै नमूनामा प्लाष्टिक पाइएको छ । माइक्रोप्लाष्टिकको सबैभन्दा ठूलो मात्रा बेस क्याम्पमा पाइएको छ । यहाँ पर्वतारोही र ट्रेकरहरुले सबैभन्दा धेरै समय बिताउँछन् । यी प्लाष्टिक फाइबरहरु पर्वतारोहीले प्रयोग गर्ने कपडा, पाल र डोरीबाट आएको अनुमान गरिएको वैज्ञानिकले बताएका छन् ।

    ‘मैले विश्लेषण गरेका हरेक हिउँको नमूनामा प्लाष्टिक पाइँदा म आफैं अचम्ममा परेको छु’ युनिभर्सिटी अफ प्लेमाउथका वैत्रानिक इमोजेन नेप्परले भनिन् ‘सगरमाथालाई मैले सधैं अत्यन्थै दुर्गम र पुरानो स्थान ठान्थें । हामीले विश्वको सर्वोच्च शिखरको नजिकै प्रदूषण गरिरहेका छौं भन्ने खुलासा हामीलाई सचेत बनाउने कुरा हो ।’ नेप्पर यो अनुसन्धानकी नेतृत्वकर्ता हुन् । हाम्रो वातावरणमा प्रशस्तै माइक्रोप्लाष्टिक भेटिन थालेकोले अब सही वातावरणीय समाधानको खोजी गर्ने बेला भएको उनले बताइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij