आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ९, २०७७



  • काठमाडौं, मंसिर ८ । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो ।

    आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए ।

    आव २०७६/७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए ।

    चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।

    अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको जनाइएको छ ।

    हालै सरुवा हुनुभएका महाशाखाप्रमुख भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनमा विभिन्न कार्यक्रम अपनाइएको र सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनामा कमी आएको जिकिर गर्नुभयो ।

    यसका साथै कोभिड–¬१९ का कारण सवारी सञ्चालन नहुँदा पनि दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ ।

    महाशाखाले दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसंँग निरन्तर समन्वय गरी नयाँ नयाँ योजना सञ्चालन गरेको सोमबार जारी गरिएको एक सूचनामा जनाइएको छ ।

    प्रविधिको प्रयोग गरिएको, तीव्र गति र लापरबाहीका साथ चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हाल्नेलाई कारबाही गरिएको, टिप्पर चलाउने समय निर्धारण गरिएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको उहाँको भनाइ छ ।

    महाशाखाले यो बीचमा ४१० वटा अनावश्यक झालर र स्टिकर हटाएको, सात हजार बढी सवारीको ढालाक पछाडि अनिवार्य नम्बर प्लेट राखिएको, ४३५ फोकस बत्ती हटाइएको छ ।

    सवारी साधनको छतमा यात्रु चढ्ने तथा सामान राख्ने गर्दा दुर्घटना हुने गरेकाले त्यसलाई समेत हटाएको प्रहरीले जनाएको छ ।

    यस्तै कारबाही अभियानलाई समेत तीव्र पारिएको महाशाखाले जनाएको छ ।

    उपत्यकाको सवारी आवागमनलाई सुरक्षित, मर्यादित एवं व्यवस्थित बनाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न सवारी नियम कार्यान्वयनतर्फ चार लाख ४२ हजार ४६६ वटा सवारी साधनलाई कारबाही गरी रु. २८ करोड ७१ लख ७७ हजार जरिवाना गरी राजश्व सङ्कलन गरेको महाशाखाले जनाएको छ ।

    ट्राफिक नियम उल्लङ्घन गरी हिँड्ने, दुर्घटना गरी फरार हुने, आपराधिक क्रियाकलापमा संलग्न हुने जस्ता क्रियाकलापलाई रोक्न ‘हरेक दिन, एक अभियान’ तथा विशेष कारवाही अभियानमार्फत दैनिक सवारीको नम्बर प्लेट स्पष्ट नभएको र चर्को आवाज बनाई मोटरसाइकल चलाउनेलाई समेत कारबाही गरिएको छ ।

    जथाभावी पार्किङ गर्ने, ढोका खुल्ला राख्ने, मोटरसाइकलको लुकिङ ग्लास ठीक अवस्थामा नराख्नेलाई समेत कारबाही गरिएको छ ।

    यस्तै ठगी गर्ने आठ हजार ७०४ ट्याक्सी चालकलाई कारबाही गरी स्विप अपरेसनसमेत चलाएको महाशाखाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij