आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

इन्डोनेसियामा भ्रष्टाचार आरोपमा मन्त्री गिरफ्तार

  • प्रकाशित मिति : बिहिबार, मंसिर ११, २०७७



  • जाकार्ता । इन्डोनेसियाका समुद्री तथा मत्स्यमामिला मन्त्री इधी प्राबोवोलाई प्रहरीले गिरफ्तार गरेको छ । समुद्री झिँगाहरूको ओसार पसारसम्वन्धी विवादास्पद नीतिमा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई गिरफ्तार गरिएको हो ।

    इन्डोनेसियाको भ्रष्टाचार निवारण आयोगका उच्च अधिकारीले राजधानी जाकार्तामा बुधबार बेलुका पत्रकार सम्मेलन गरी मन्त्री प्राबोवोलाई गिरफ्तार गरिएको जानकारी दिएका हुन् ।

    मन्त्री प्राबोवोले ओसारपसारसम्वन्धी निर्णय गर्ने क्रममा आयातकर्ताहरूसँग मिलेर झण्डै छ लाख ९५ हजार ६५५ अमेरिकी डलर भ्रष्टाचार गरेको आयोगका अधिकारीहरूले दावी गरेका छन् ।

    बुधबार बिहान उनलाई आयोगका अधिकारीहरूले कार्यालयमा उपस्थित हुन आग्रह गर्दा उनि र उनकी श्रीमतीले अस्वीकार गरेपछि उनलाई अपरान्ह गिरफ्तार गरिएको जनाइएको छ ।

    मन्त्रीसँगै सात जनालाई आयोगले काण्डका बारेमा सोधपुछ गर्न लागेको आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । मन्त्री प्राबोवोलाई प्रहरीले पक्राउ गरेपछि राष्ट्रपति जोको विडोडोले अर्का मन्त्री लुहुत पन्जैतानलाई उनको मन्त्रालयको पनि जिम्मेवारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij