मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बालमैत्री गलकोट नगर निर्माण गर्न अभिमुखीकरण कार्यक्रम

  • प्रकाशित मिति : बिहिबार, मंसिर ११, २०७७



  •  बागलुङ। मंसिर ११ : बालबालिकामा गरेको लगानी, ल्याउछ सुनौलो विहानी भन्ने उद्घोषका साथ बालमैत्री स्थानीय  शासन नीतिगत अवलम्वन तथा घोषणा सम्बन्धी नगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । गलकोट नगरपालिकाको आयोजनामा संचालित उत्त तालिमको समापन गदैंं गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले  बालमैत्री स्थानिय शासन सहितको नगर निर्माणको लागी  बालबालीका देखी सामाजिक संघ सस्थाका प्रतिनिधीहरु सबै साझेदार बन्नुपर्ने बताउनुभयो ।

    उहाँले बालमैत्री नगरपालिका आफैमा ब्यबहार र बाताबरण भएको बताउदैं सबैले जिम्मेबारी बोधका साथ बालमैत्री नगर निर्माणको लागी सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

    कार्यक्रममा गलकोट नगरपालिकाकी उपप्रमुख रेनुका काउचा, राष्ट्रिय प्रशिक्षक बिष्णु बहादुर चौबे, प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद शर्मा, गलकोट नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष तिलक घर्ति, नेपाल कम्युनिष्ट पार्टि नेकपा नगर सदस्य कौशिला घर्ति, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मन्जु शर्मा चालिसे, महेन्द्र माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुल बहादुर के।सी शिब माध्यमिक विद्यालयका प्रधानाध्यापक हरी चालिसे, हटिया स्वास्थ्य चौकीका प्रमुख दिलु सुबेदी, बालबालिकाको तर्फबाट प्रदिप सुबेदी लगाएतले धन्यवाद सहित प्रतिवद्धता ज्ञापन गर्नुभएको थियो ।

    तालिमको अबसरमा बालमैत्री स्थानिय शासनका राष्ट्रिय प्रशिक्षक तथा सहजकर्ता  बिष्णु प्रसाद चौबेले, बालमैत्री स्थानिय शासनको आवश्यकता, नगर स्तरीय समिति, वडा समितिको काम कर्तब्य र अधिकार, बाल मैत्री स्थानीय शासनको सस्थागत ब्यबस्था लगाएतका विषयमा सहजिकरण गर्नुभएको थियो ।

    सो अबसरमा बालमैत्री स्थानिय शासन सहितको नगरपालिका घोषणा मिति २०७८ पौष भित्र गर्ने घोषणा सहित सामुहिक प्रतिबद्धता गरिएको थियो । मंसिर १० गतेदेखी सुरु भएको २ दिने अभिमुखिकरण कार्यक्रममा गलकोट नगरपालिकाका जनप्रतिनिधी, बाल कल्बका प्रतिनिधी, शिक्षक, बिदालय ब्यबस्थापन समितिका प्रतिनिधी, कर्मचारी, स्वास्थ्य कर्मिहरु, सुरक्षाकर्मि पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

    अभिमुखिकरण कार्यक्रमको समापन समारोह गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेको अध्यक्षता, उपप्रमुख रेनुका काउचाको स्वागत तथा सूचना अधिकारी तुल बहादुर बिकको संचालनमा सम्पन्न भएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij