प्रकाशित मिति : आइतवार, कार्तिक २३, २०८३
काठमाडौं। काठमाडौंमा थाइल्यान्डबाट ल्याइएको १ किलो ६०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्यान्डबाट नेपाल आएका यात्रुको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
शनिबार थाई एयरवेजको उडान नम्बर टीजी ३१९ मार्फत थाइल्यान्डबाट काठमाडौं आएका ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रोलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका उनको साथबाट १ किलो ६०० ग्राम गाँजा, एक थान पासपोर्ट र एक थान मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका भारतीय नागरिकमाथि लागुऔषध नियन्त्रण ब्युरोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij