प्रकाशित मिति : सोमवार, कार्तिक २४, २०८३
काठमाडौँ। यमपञ्चकको तेस्रो दिन गाईतिहारका अवसरमा दाङको बेलझुण्डीस्थित गौशालामा ६ सयभन्दा बढी गाईको सामूहिक रूपमा पूजा गरिएको छ। योगी आदित्यनाथ फाउन्डेसनद्वारा सञ्चालित गौशालामा सोमबार स्थानीयवासीको सहभागितामा सामूहिक गाईपूजा सम्पन्न भएको हो।
प्रत्येक वर्ष गाईतिहारका दिन गौशालामा विशेष रूपमा गाईपूजा गर्ने गरिएको फाउन्डेसनका अध्यक्ष भोलानाथ योगीले जानकारी दिए। सो अवसरमा लक्ष्मीको हवन पूजा गर्नुका साथै विभिन्न दाताहरूले गाईका लागि दाना तथा खानेकुरा प्रदान गरेका थिए।
नेपाल संस्कृत विश्वविद्यालयको जग्गा भाडामा लिएर सञ्चालन गरिएको उक्त गौशाला सञ्चालनमा भने चुनौती रहेको अध्यक्ष योगीको भनाइ छ। गाईगोरुका लागि आहार तथा खानपानको व्यवस्थापनमा समस्या भइरहेको र हाल विभिन्न दाताहरूको सहयोगकै भरमा गौशाला सञ्चालन भइरहेको उनले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij