आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा अवैध सुनसहित २ जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, मंसिर १४, २०७७



  • घोराही । दाङ प्रहरीले घोराही बजारबाट सुनसहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले २ सय ७३ ग्राम सुनसहित २ जनालाई बजारबाट समातेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले अबैध सुन लिएर बजारमा हिडिरहेको बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको जानकारी दिए ।

    सुनसहित पक्राउ पर्नेमा घोराही१० नारायणपुरका पुर्णजङ्ग सुनार र घोराही कपासिका खड्ग प्रसाद सुनार रहेको एसपी चन्दले बताए । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ । एसपी चन्दले घोराही बजारमा सुन लिएर हिडिरहेको प्रहरिले सुचना पाएपछि प्रहरीले पक्राउ गरेको र पक्राउ परेका सुन व्यवसायी भएको खुलेको बताए । काठमाडौंबाट दाङमा ल्याइ बिक्रि बितरण गर्ने गरि चोरीका किनेर वा भन्सार छलेर सुन ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

    साथै दाङ प्रहरीले पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानसहित कारबाही गर्न राजस्व कार्यालय कोहलपुरलाई बुझाउने तयारी गरेको छ । यसअगाडि पनि प्रहरीले १ किलो सुनसहित बिभिन्न ब्यक्तिलाई पक्राउ गरेर कारबाहीका लागि राजस्व कार्यालय पठाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij