शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

श्रीमतीसँग झगडा भएपछि श्रीमान ४ सय ५० किलोमिटर टाढा पैदल हिँड्दै पुगे

  • प्रकाशित मिति : बुधबार, मंसिर २४, २०७७



  • काठमाडौं। श्रीमान श्रीमतीमा झगडा हुनु आम कुरा हो । तर, एक दम्पतीको बीचमा यस्तो झगडा भयो कि श्रीमानले आफूलाई शान्त बनाउनको लागि ४५० किलोमिटरको बाटो पैदल नै पूरा गरे । यस क्रममा उनी हप्तौंसम्म पैदल हिँडे । घटना इटलीको हो ।

    इन्डिपेन्डेन्टको रिपोर्टअनुसार यी व्यक्ति इटलीको कोमा शहरका हुन् । यो शहर स्विट्जरल्याण्डको सीमा नजिकै छ । ४८ वर्षका यी व्यक्ति श्रीमतीसँग झगडा भएपछि कोमा शहरबाट हिँड्दै हिँड्दै फोनो शहर पुगे । यी दुई शहरबीच ४२६ किलोमिटरको दूरी छ । उनी फोनो शहरबाट पनि हिँड्दै करिब ३० किलोमिटर अगाडि एड्रिएटिक कोस्ट पुगेपछि त्यहाँ पुलिसले उनलाई हिरासतमा लियो ।

    पुलिसलाई सोधपुछको क्रममा उनले यति लामो दूरी पैदल हिँड्नुको कारण बताउँदा कसैले विश्वास नै गर्न सकेनन् । ती व्यक्तिका अनुसार झगडापछि उनलाई यति धेरै रिस उठेको थियो कि उनलाई यति टाढा पुगेको पत्तै भएन । उनले आफूलाई शान्त बनाउनको लागि घरबाट पैदल हिँडेको बताए । ती व्यक्तिका अनुसार यो यात्राको क्रममा उनलाई अञ्जान व्यक्तिहरुले खाना खुवाए । यी व्यक्ति १ दिनमा करिब ६४ किलोमिटर पैदल हिँडेका थिए ।

    पुलिसले यी व्यक्तिको बारेमा थप अनुसन्धान गर्दै जाँदा उनकी पत्नीले एक हप्ताअघि उनी हराएको पुलिसमा रिपोर्ट गरेको खुलासा भयो । रिपोर्टका अनुसार ती व्यक्ति हिँडेर निकै थाकिसकेका थिए र उनको शरीर चिसो भइसकेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij