आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘जोर–बिजोरमा कडाइ गर्न निर्देशन दिइएको छ’

  • प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०७७



  • काठमाडौं, मंसिर २५ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि भनेर जारी गरिएका विभिन्न व्यवस्थाहरु क्रमशः खुकुलो बनाउँदै लगिएको छ । सबै किसिमका सवारी–साधन पनि निर्वाधरुपमा गुडिरहेका छन् ।
    तर, गएको भदौमा लागू गरिएको जोर–बिजोर प्रणाली भने अझै कायम छ । यद्यपि, पछिल्लो समयमा भने यो नियम लागू भएको देखिँदैन ।

    पछिल्ला दिनहरुको आँकडा हेर्दा परीक्षणको दायरा घटेकाले कोरोना संक्रमण घटेकोजस्तो देखिएको छ । सहर, बजारमा मानिसको चहलपहल र भिडभाड सामान्य अवस्थाकोजस्तो देखिन्छ । सुरक्षा मापदण्ड पालनामा लापरबाही पनि उत्तिकै छ ।

    तर, जनस्वास्थ्यविद्हरु भने संक्रमणको जोखिम भने कत्ति पनि कम नभएको बताइरहेका छन् ।

    सरकारले पनि संक्रमणको जोखिमलाई विश्लेषण नगरी जनजीवन सामान्य बनाउने प्रयासमा विगतमा लागू गरिएका व्यवस्थाहरु खुकुलो बनाउँदै लगेको छ ।

    तर, सवारी–साधन सञ्चालनमा लागू गरिएको जोर–बिजोर नियम भने सैद्धान्तिकरुपमा कायमै छ । पालना गर्ने र गराउने दुवै पक्षले भने यो नियमलाई बेवास्ता गरेको देखिन्छ ।

    कतिलाई यो नियम हटिसकेको भ्रम छ भने कतिलाई यो नियम कायमै छ भन्ने हेक्का पनि छैन । ट्राफिक प्रहरीले पनि सवारीको भिडमा जोर–बिजोर पालना गराउन छाडेको देखिन्छ ।

    सरकारी अधिकारीहरुसँग यो नियम अहिले किन आवश्यक छ भन्नेबारे चित्तबुझ्दो जवाफ छैन ।

    तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली भने जोर–बिजोर प्रणाली नहटेको र कडाइका साथ लागू गर्नेतर्फ छलफल भइरहेको बताउनुहुन्छ ।

    उहाँले संक्रमण रोकथाम र नियन्त्रणका लागि निजी सवारीमा लागू गरिएको जोर–बिजोर प्रणालीमा कडाइ गर्न ट्राफिक महाशाखालाई निर्देशन दिइसकिएको बताउनुहुन्छ ।

    ट्राफिक प्रहरीले भने दिउँसोको समयमा जोर–बिजोर नम्बरप्लेटमै केन्द्रित भएर निगरानी राख्न कठिन भएको जनाएको छ ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख जनक भट्टराईले अहिले ट्राफिक चाप बढेका कारण त्यसलाई घटाउने र दुर्घटना न्यूनीकरणमा केन्द्रित हुनुपरेकाले जोर–बिजोरको निगरानी पर्याप्त नभएको स्वीकार्नुहुन्छ ।

    सडकमा बढ्दो सवारी चाप हेर्दा जोर–बिजोर प्रणाली निष्प्रभावीजस्तै बनिसकेको देखिन्छ । यसैले यो व्यवस्थालाई बाध्यकारीभन्दा पनि व्यवस्थित बनाउँदै लानु नै उत्तम हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij