आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लेबनानका पूर्व प्रधानमन्त्री हरिरिका हत्यारालाई आजीवन काराबासको फैसला

  • प्रकाशित मिति : शनिबार, मंसिर २७, २०७७



  • एजेन्सी । लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरि र अरु २१ जनाको हत्यामा संलग्न भएको अभियोगमा एक व्यक्तिलाई आजीवन जेल सजायको फैसला भएको छ ।  सन् २००५ मा भएको सो घटनामा संलग्न भएको ठहर गर्दै विद्रोही समूह हेजबुल्लाका एक कार्यकर्तालाई आजीवन जेल सजाय तोकिएको हो ।

    राष्ट्रसंघीय अदालतले ५७ वर्षीय सलिम अयाशलाई आजीवन जेल सजाय गर्न शुक्रबार फैसला गरेको जनाइएको छ । उनले आत्मघाती बम आक्रमण गर्दा अरबपति राजनीतिज्ञसहित २२ जनाको मृत्यु भएको ठहर गरिएको बताइएको छ । घटनामा धेरै जनाको मृत्यु भएकाले उनलाई अदालतले आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्ने जनाइएको छ ।

    दर्दनाक र अति चर्चित सो घटनामा परी अरु २२६ जना घाइते समेत भएका थिए ।  उनलाई आजीवन काराबासको सजाय फैसला गर्दै राष्ट्रसंघीय अदालतका प्रधान न्यायाधीश डेभिड रेले भने, “श्री अयाश आम नरसंहारमा संलग्न भएको पुष्टि भएको छ, त्यसैले उनलाई आजीवन काराबासको सजाय तोकिएको छ ।”

    मुद्धाको सुनुवाईका क्रममा सहभागी न्यायधीशहरूले यस घटनामा सम्लग्न दोषीलाई आजीवन काराबासको पाँच गुणा बढी सजाय हुनुपर्नेमा सहमति जनाएको पनि उनले जानकारी दिए ।  जघन्य अपराधमा सम्लग्न दोषीकोरूपमा अयाशलाई अदालतले अन्तर्राष्ट्रिय पक्राउ पुर्जी पनि जारी गरेको छ ।

    हेजबुल्लाहका प्रमुखले भने अदालतको फैसलाप्रति आपत्ति जनाउदै पूर्वाग्रहका आधारमा फैसला गरेको आरोप लगाएका छन् ।यस घटनामा मारिएका लेबनानका पूर्व प्रधानमन्त्री हरिरिले सन् २००४ को अक्टोबरमै राजीनामा दिइसकेका थिए । त्यसपछिको २००५ को फेब्रुअरीमा उनको हत्या भयो ।
     

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij