आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लिभिङ टुगेदरमा बसेकी प्रेमिकालाई ब्ल्याकमेल गर्न फेक फेसबुक आईडी बनाएर ७० लाख मागेपछि…

  • प्रकाशित मिति : शुक्रबार, पुस ३, २०७७



  • काठमाडौं। आफ्नै प्रेमिकालाई सामाजिक सञ्जाल फेसबुकको फेक आईडी बनाएर ७० लाख माग्ने एक जना पक्राउ परेका छन्। काठमाडौंको गोल्फूटारमा लिभिङ टुगेदरमा रहेकी किशोरीलाई उनकै प्रेमी सुमन रेग्मीले फेसबुकमा फेक आईडी बनाएर बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका हुन्।

    नेपाल प्रहरीको साइबर अपराध सम्बन्धी अनुसन्धान गर्ने केन्द्रीय साइबर ब्युरोले मोरङको विराटनगर घर भई राजधानीको गल्फुटार बस्ने ३३ वर्षीय सुमन रेग्मीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो। ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार रेग्मीले लामो समयदेखि लिभिङ टुगेदरमा रहेकी किशोरीलाई नक्कली फेसबुक आईडी बनाएर ‘आफुसँग उनको अर्ध नग्न तस्बिर रहेको र ७० लाख रुपैयाँ नदिए बाहिर ल्याउने’ धम्की दिदै धम्क्याएका थिए।

    आ–आफ्नो व्यवसायमा संलग्न दुवै जना केही समययता लिभिङ टुगेदरमा थिए। प्रहरीका अनुसार तस्बिर बाहिरिने डरमा ती महिलाले केही लाख रुपैयाँ दिइसकेकी थिइन्। सँगै बस्ने क्रममा रेग्मीले ती महिलाका अर्धनग्न तस्विर खिचेर राखेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij