शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

हल खुलेपछि जिल्ला प्रशासन कार्यलय पुगे फिल्मीकर्मी

  • प्रकाशित मिति : शुक्रबार, पुस १०, २०७७



  • कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका हलहरु आजबाट खुलेका छन् । हल व्यवसायीहरुको छाता संगठन चलचित्र संघले हल खोल्ने घोषणा गरेसँगै आजबाट देशभरका अधिकांश हलहरु खुलेका छन् ।

    हलमा आजबाट २ नेपाली र २ अंग्रेजी चलचित्र रिलिज भएका छन् । तर, हल खुलेसँगै चलचित्रकर्मीहरु जिल्ला प्रशासन कार्यलय पुगेका छन् ।

    हल खुलाउने निर्णय गरेपछि सीडीओ कार्यलयले छलफलका लागि डाकेको हो । चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले भने–‘हामीले हल खोल्ने निर्णय गरे अनुसार आजबाट देशभरका हल संचालनमा आएका छन् । जिल्ला प्रशासन कार्यलयबाट बैठकका लागि बोलाइएपछि हामी आएका हौं ।’

    छलफलमा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, हल व्यवसायी, निर्माता, निर्देशकहरु सहभागी छन् । सरकारले हल खोल्ने अनुमती नदिएपनि एकतर्फी रुपमा हल खोल्ने निर्णय गरेका चलचित्रकर्मीलाई जिल्ला प्रशासन कार्यलयले कुराकानीका लागि बोलाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij