आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पार्टीभित्र आशंका गरिएपछि देउवाले जारी गरे अपीलः १ सय ६५ वटै निर्वाचन क्षेत्रको प्रदर्शनमा सहभागिताका लागि आग्रह

  • प्रकाशित मिति : शनिबार, पुस ११, २०७७



  • काठमाडौं, पुस ११ । नेपाली कांग्रेसले सोमबार देशका सबै संघीय निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने भएको छ ।

    प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनकाविरुद्धमा कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो ।

    शनिबार सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै सोमबार हुने प्रदर्शनमा सहभागी हुन सबैमा अपील गर्नुभएको छ ।

    संसद विघटनलाई असंवैधानिक कदमको संज्ञा दिनुभएका देउवाको पार्टीभित्र भने संसद पुनर्स्थापनाका पक्षमा नदेखिएको भन्दै तीब्र आलोचना भइरहेको छ ।

    पार्टीभित्र उहाँको कार्यशैलीप्रति आशंका गरिएका बेला देउवाले प्रष्टीकरण दिने शैलीमा भन्नुभएको छ, ‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीहरूसँगको बसेको बैठक मार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेको छु । संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य विरूद्ध नेपाली कांग्रेस सम्पूर्ण रुपले एकमत साथ उभिएको छ ।’

    देउवामाथि वरिष्ठ नेता रामचन्द्र पौडेल र उहाँ पक्षीय नेताहरुले संसद विघटनमा ओलीसँग मिलेमतो गरेको आशंका गरेका छन् र नरम शैली अपनायक आरोप लगाउँदै आएका छन् ।

    त्यसको प्रभाव कांग्रेस केन्द्रीय समिति बैठकमै पनि परेको छ । देउवा पक्षीय नेताहरु पौडेलमाथि दुर्व्यवहार शैलीमा उत्रिरहेका छन् ।

    पौडेल पक्षीय नेताहरु भने प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारीले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी संसद विघटन गरेकाले यस असंव्रधानिक कदमवरुद्ध निर्णायक कदम चाल्नुपर्ने पक्षमा रहेका छन् ।

    प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गर्ने सिफारिश गर्नुभएकामा राष्ट्रपति भण्डारीले तत्कालै स्वीकृत गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij