आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिनियाँ कम्युनिष्ट पार्टीको टोली आइतबार काठमाडौं उत्रिँदै

  • प्रकाशित मिति : आइतवार, पुस १२, २०७७



  • बेइजिङ।नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् ।

    चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको हो । बेइजिङबाट प्रस्थान गरेको टोली छङ्तुको बाटो हुँदै आइतबार मध्यान्हतिर काठमाडौं उत्रिने कार्यक्रम छ ।

    झण्डै दुई तिहाइको सरकार चलाएको नेपाल कम्युनिष्ट पार्टीले संसद् विघटन गर्नुका साथै पार्टीमा विभाजन आएपछि उत्पन्न परिस्थितिबारे बुझ्न सो टोली नेपाल आउने अनुमान गरिएको छ । यद्यपि चिनियाँ अधिकारीहरूले भ्रमणको उद्देश्यबारे प्रकाश पारेका छैनन् । कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij