आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दिल्लीको ‘सही समय’

  • प्रकाशित मिति : आइतवार, पुस १२, २०७७



  • प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन नयाँ दिल्ली उचित मौकाको पर्खाइमा थियो । ओलीले बीआरआई अन्तरगतको चिनियाँ परियोजना टुंग्याउन आलटाल गरेको र उनी अमेरिकी सहयोगको एमसीसी परियोजनाको पक्षमा रहेको ठम्याइ चीनको थियो ।

    त्यसमाथि चिनियाँ राजदूत हाउले गत असारको एउटा भेटमा ‘पार्टी फुटाउनुभन्दा बरु प्रधानमन्त्री पद छाड्न’ आग्रह गरेपछि ओली चीनबाट टाढिँदै गए । यी परिघटनालाई सूक्ष्म ढंगले केलाइरहेको र उचित मौकाको पर्खाइमा रहेको भारतले ओलीबाट दिल्लीसँग सम्पर्क विस्तार गर्ने प्रस्तावलाई सहजै स्वीकार गर्यो ।

    मोदीको विशेष दूतका रुपमा ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलाई काठमाडौँ पठायो । गोयलको भ्रमणको केही सातामै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाडौँ पुगे । त्यतिमात्र होइन, बालुवाटारकै विशेष आग्रहमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि काठमाडौँ ओर्लिए ।

    दिल्लीबाट भएका यी उच्चस्तरीय भ्रमणले नेकपाभित्रको आन्तरिक विवाद फेरि चर्कियो । भारतका लागि नेकपाभित्रको विवाद चर्किनु आफैमा सुखद घटाना थियो । त्यसमाथि गोयलको गोप्य भ्रमणसँगै ओलीले प्रयोग गर्दै आएको राष्ट्रवादको सूचकांक क्रमशः ओरालो लाग्न थाल्यो ।

    यही परकम्पमाझा तल्लो सदन विघटनदेखि एउटा बलियो धरातलको पार्टी दुई टुक्रा भएको छ जुन भारतको लागि निकै प्रीतकर हो । आखिर उसले रिङ बाहिर रहेर नै नेपालको राजनीतिक खेलमा आफू अनुकूल नतिजा पाएको छ ।

    आजको कान्तिपुर दैनिकमा समाचार छ ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij