आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चिनियाँ उपमन्त्रीले भेटे राष्ट्रपति भण्डारीलाई

  • प्रकाशित मिति : सोमवार, पुस १३, २०७७



  • काठमाडौं। आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येचौले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। आइतारबार दिउँसो साढे ४ बजेदेखि साढे ६ बजेसम्म शीतल निवासमा सो भेटवार्ता भएको हो।

    भेटवार्ताका क्रमम काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन्। सत्तारुढ दल नेकपामा विभाजन र संसद् विघटनपछि उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको हो। नेपालको परिवर्तित राजनीतिक अवस्था र नेकपाबारे चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर उपमन्त्री आएको बताइएको छ।

    चीन नेपालमा बलियो कम्युनिष्ट पार्टी होस भन्ने चाहना राख्दै आएको छ। नेकपा विभाजन भएपछि चीन देखिने गरी नेकपा राजनीतिमा सक्रिय भएको हो। चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएसँगै विभाजन भएको नेकपा फेरि एकजुट हुने चर्चासमेत चलेको छ। तर, नेकपाका दुबै गुट नेताहरुले हाललाई विभाजन रोकिने सम्भावना सकिएको बताउँदै आएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij