आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेकपाका कार्यकर्तालाई खतरा बढ्यो

  • प्रकाशित मिति : सोमवार, पुस १३, २०७७



  • काठमाडौं। भूमिहीनलाई जग्गा बाँड्न भन्दै सरकारले भूमिसम्बन्धी नियमावलीलाई पटकपटक संशोधन गरेको छ ।पछिल्लो समय मङ्सिरमा मात्रै सरकारले नेकपाका नेता देवी ज्ञवाली अध्यक्षताको भूमिसम्बन्धी समस्या समाधान आयोगको सिफारिशमा भूमिसम्बन्धी नियमलाई संशोधन गरेको हो ।

    नियमावली ल्याएपछि सरकारसँग निकट रहेका व्यक्ति र नेकपाका कार्यकर्ताहरूलाई सरकारी जग्गा वितरण गर्ने खतरा रहेको विज्ञहरूको चिन्ता छ । त्यसो त, २०१३ सालदेखि हालसम्म सरकारले ४६ हजार ६ सय बिगाहा जग्गा सुकुमबासीको नाममा वितरण गरिसकेको भूमि व्यवस्था मन्त्रालयको तथ्यांकले देखाउँछ ।

    अझै भूमिहीन बाँकी रहेको भन्दै सरकारले उनीहरूलाई जग्गा बाँड्न हालै भूमिसम्बन्धी नियमावलीलाई १८ औंपटक संशोधन गरेको हो ।नयाँ नियममा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा सम्बद्ध प्रदेश सरकार र स्थानीय तहको समन्वयमा उपलब्ध गराइने उल्लेख छ ।

    नयाँ व्यवस्थामा परिवारका सदस्यहरूको जीवनयापन गर्ने कुनै आधार र सम्पत्ति नभएको, परिवारमा आयआर्जन गर्ने मुख्य व्यक्ति शारीरिक वा मानसिक रूपले श्रम गर्न नसक्ने अवस्था भएको र अन्य सदस्यहरूको आयस्रोत नभएको भए आयोगले स्थानीय तहको सिफारिशमा जाँचबुझ गरी कृषिका लागि जग्गा उपलब्ध गराउन सक्ने उल्लेख छ ।

    भूमिहीन दलित र सुकुमबासीको परिवारलाई एक पटकका लागि आवास वा कृषिमध्ये कुनै एक प्रयोजनका लागि मात्र जग्गा उपलब्ध गराउने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यकामा महानगर, उपमहानगर र नगरपालिकामा समेत सुकुमबासीका लागि १ सय ३० वर्गमीटर र यसबाहेक अन्य क्षेत्रमा ३ सय ४० वर्गमीटर जग्गा भूमिहीनले पाउने व्यवस्था गरिएको छ ।

    जनसंख्या, जनघनत्व, शहरी सेवासुविधा, शहरी पूर्वाधार, आर्थिक क्रियाकलापको सम्भावनाको आधारमा शहरी क्षेत्र निर्धारण गरिने उल्लेख छ । ‘काठमाडौं महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको शहरी क्षेत्रमा कृषि प्रयोजनको लागि नभई आवासका लागि मात्र जग्गा उपलब्ध गराइने’ राजपत्रमा भनिएको छ ।

    काठमाडौं उपत्यका र महानगरपालिका, उपमहानगर तथा नगरपालिकाको शहरी क्षेत्रमा भूमिहीन दलित र सुकुमबासीलाई जग्गाको सट्टा सरकारले तोकेको मापदण्डबमोजिम सामूहिक वा एक आवासीय एकाइ उपलब्ध गराउन सक्ने राजपत्रमा उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij