आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस केपी ओलीको मतियार बन्दैन : शेखर कोइराला

  • प्रकाशित मिति : सोमवार, पुस १३, २०७७



  • विराटनगर । नेपाली काग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर संविधानलाई घाइते बनाएको बताउँदै सडकबाटै संसद पुनस्थापना गर्ने बताएका छन् ।

    सोमबार विराटनगरमा आयोजित विरोधसभामा उनले अहिले नेपाली कांग्रेस ओलीको मतियार नबन्ने पनि बताए । ‘नेपाली कांग्रेस केपी ओलीको मतियार बन्न सरकामा जादैन’ उनले भने, ‘जान पनि हुँदैन ।’

    कोइरालाले विगतमा प्रचण्ड र माधवकुमार नेपाल ओलीको मतियार बनेको भन्दै अहिले संसद विघटन हुनुमा उनीहरु पनि जिम्मेवार रहेको टिप्पणी गरे । राजस्व अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई केपी ओलीले आफू मातहत ल्याउँदा प्रचण्ड–नेपालले मौनता साँधेको पनि उनले बताए ।

    नेपाली काग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले अर्को अधिनायकवादको रुपमा केपी ओली देखिएको बताइन् ।

    राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले महामारी सरकार भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाए । प्रदेश १ सांसद तथा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधान ओलीको पाउमा लगेर बुझाउन नसकिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij