आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाहाललाई भेट्न गौतम पुगे खुमलटार

  • प्रकाशित मिति : शुक्रबार, पुस १७, २०७७



  • काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै तटस्थ रहेका नेकपा उपाध्यक्ष बामदेव गौतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

    दाहाल निवास खुमलटारमा शुक्रबार भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

    राष्ट्रियसभाको अधिवेशन सुरु हुनुअघि गौतम दाहाललाई भेट्न खुमलटार पुग्नुभएको हो ।

    नेकपाका राष्ट्रियसभा सदस्यहरुले बैठकमा प्रतिनिधिसभा विघटनको बारेमा कुरा उठाउने तयारी गरेसँगै गौतमले दाहालसँग छलफल गर्नुभएको हो ।

    नेकपाको तत्कालीन ९ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् ।

    पूर्वमाओवादीका रामबहादुर थापा केही दिनको अन्यौलपछि ओली समूहमा लागिसक्नुभएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij