आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना संक्रमित भएका बेला यात्रा गरेपछि सांसदलाई आजीवन जेल सजाय हुन सक्ने !

  • प्रकाशित मिति : मङ्लबार, पुस २१, २०७७



  • काठमाडौं। कोरोनाभाइरस संक्रमित भएका बेला ट्रेनमा ७ सय माइल यात्रा गरेकी बेलायती सांसदलाई जेल सजाय हुन सक्ने भएको छ । ६० वर्षकी बेलायती सांसद मार्गरेट फेरियरले आफू संक्रमित भएको पुष्टि भएपछि लण्डनदेखि स्कटल्याण्डसम्म ७ सय माइल ट्रेनमा यात्रा गरेकी थिइन् । उनलाई आज पक्राउ गरेर मुद्दा चलाइएको बेलायती अखबार द सनले जनाएको छ ।

    फेरियरले आफू संक्रमित भएको पुष्टि भइसकेका बेला गएको सेप्टेम्बर २९ मा लण्डनदेखि ग्लासगोसम्मको यात्रा गरेकी थिइन् । गएको अक्टोबरमा पुलिस अधिकारीले उनीमाथि थप कारवाही नहुने किनकि उनले यात्रा गरेका बेला कोभिड–१९ प्रतिबन्धका नियमहरु लागू नभएको बताएका थिए । तर, आज पुलिसले उनलाई पक्राउ गरेर प्रतिबन्धसम्बन्धी नियमको उल्लंघन गरेको आरोपमा मुद्दा चलाएका छन् ।

    यदि फेरियर दोषी ठहरिइन् भने उनलाई जेल सजाय हुन सक्छ । साथमा सांसदहरुले उनलाई पदबाट हटाउने र उनको स्थानमा अर्को निर्वाचन गराउन माग गर्ने अधिकार पाउँछन् । उनलाई लगाइएको अभियोगमा अधिकतम आजीवन कारावाससम्मको सजाय हुन सक्छ । पुलिस स्कटल्याण्डले फेरियरलाई पक्राउ गरेर मुद्दा चलाइएको पुष्टि गर्दै यसबारे अहिले नै थप जानकारी दिन नसकिने बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij