आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोटरसाईकल चोरी गर्ने २ जना मोटरसाईकल सहित पक्राउ

  • प्रकाशित मिति : बिहिबार, पुस २३, २०७७



  • महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने २ जनालाई मोटरसाईकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङले सवार गरिरहेको मोटरसाईकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

    जिल्ला धादिङ्ग निलकण्ठ नगरपालिका–९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सीसीको पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ९८३५ खुल्न आएको छ ।

    उक्त नम्वरको मोटरसाईकल गत पुस २६ गते राति साढे ७ बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा दिएको निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij