प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७
काठमाडौं। आबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्स (यूएई)का विभिन्न विमानस्थलहरुबाट नेपाल यात्रा गर्दा अन्य व्यक्तिका सुनलगायत बहुमूल्य वस्तुहरू नबोक्न आग्रह गरेको छ। अन्य व्यक्तिका बहुमूल्य वस्तुहरू बोकेर यात्रा गर्दा कानुनी सजायको भागीदार हुनुपर्ने भएकाले यस्तो कार्य नगर्न दूतावासले सचेत गराएको हो।
आफ्नो स्वामित्व नभएको, खरिद बिल नभएको सुनलगायतका बहुमूल्य धातुहरू एवं ल्यापटप, मोबाइलजस्ता अन्य महँगा इलेक्ट्रोनिक सामानहरू साथमा राखी यात्रा गर्दा त्यस्तो सामान जफत हुने र कानुन बमोजिम कारबाही हुने भएको भन्दै अन्य व्यक्तिको आग्रह वा प्रलोभनमा नपर्न दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij