आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनी चिनी उद्योगद्वारा किसानलाई तिनुपर्ने रकम बैंक खातामा जम्मा

  • प्रकाशित मिति : शुक्रबार, पुस २४, २०७७



  • पश्चिम नवलरपरासी । जिल्लाको सुनवलस्थित लुम्बिनी चिनी उद्योगले किसानलाई तिर्नु पर्ने सबै रकम बैंक खातामा जम्मा गरेको छ । रकम नतिरेपछि प्रहरीले उद्योगी मनोज अग्रवाललाई नियन्त्रणमा लिएको थियो ।

    हप्ता दिनभित्र रकम जम्मा गर्ने जिल्ला प्रशासन कार्यालयमा प्रतिबद्धता जनाएअनुसार अग्रवालले सबै रकम बैंकमा जम्मा गरेका हुन् । उद्योगले किसानलाई २ वर्ष यताको ७ करोड ८० लाख रुपैयाँ तिर्न बाँकी थियो । पहिलो चरणमा उद्योगले खातामा ३ करोड ८० लाख रुपैयाँ जम्मा गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

    भुक्तानी दिनुपर्ने बाँकी ४ करोड रुपैयाँ नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखामा रहेको रकममध्येबाट तिर्ने भनी अग्रवालले प्रशासन कार्यालयमा बैंक स्टेटमेन्ट बुझाएका छन् । बैंक स्टेटमेन्ट अनुसार अपुग ४ करोड रुपैयाँ अग्रवालको खातामा होल्ड गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । लुम्बिनी चिनी उद्योगको स्वामित्व मनोज अग्रवालका नाममा आउने बित्तिकै उद्योगको खातामा रकम पठाएर वितरण सुरु गरिने प्रमुख जिल्ला अधिकृत पाठकले बताउनुभयो ।

    तत्कालीन सञ्चालक मनिष अग्रवालको निधनपछि उद्योगको स्वामित्व उनकी पत्नी सुशिला गोयलको नाममा छ । अंशवण्डाका क्रममा उद्योग मनोजको भागमा परेकाले केही दिनमा स्वामित्व हस्तान्तरण भएपछि खातामा होल्ड गरिएको रकम वितरण गरिने प्रशासनले जनाएको छ ।

    यता, किसानको ५ करोड बढी भुक्तानी गर्न बाँकी रहेको नवलपरासीको प्रतापपुरस्थित इन्दिरा चिनी उद्योगले भने अहिलेसम्म रकम तिरेको छैन । पक्राउ पुर्जी जारी गरिएका सञ्चालक राकेश अग्रवाललाई पक्राउ गरेर किसानको रकम भुक्तानी गराउने तर्फ पहल नगरिएको किसानहरुको गुनासो छ । अग्रवालको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij